“नशा एक लत“ फस्ट लुक पोष्टर सार्वजनिक

dfd

धनगढी, भदौ ४ / नेपाली कथानक चलचित्र “नशा एक लत“ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । दिपक एण्ड किस्मत फिल्म्स चक्कर प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र छिट्टै दर्शक माझ आउन लागेको हो । अधिकांश छायाकन धनगढीमा गरिएको चलचित्र अव प्रदर्शनका लागि तयार भएको हो । धनगढी निवासी विजय तिखात्तरीको कथामा उनले चलचित्र निर्माण गरेका हुन । सवै कामहरु सम्पन्न भएर लागु पदार्थ दुव्यसनीको कथामा आधारित चलचित्र प्रदर्शका लागि तयार भएको निर्माता तिखात्तरीले जानकारी दिनुभयो ।

तिखात्तरीको कथामा वनेको चलचित्रलाई गिरीज रिजालले निर्देशन गरेका हुन । चलचित्रमा सञ्जीव रेग्मीको छायाँकन, विष्णु भट्टराईको सम्पादन, देव पुन मगरको संगीत र भरत ताम्राकार मेलिना राई र विजय तिखात्तरीको स्वर रहेको छ । नशा एक लतमा तिखात्तरी सहित शान्ति सापकोटा, गिरीज रिजाल, क्रिस वम, मणिसिंह ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ । लागु पदार्थका कारण विग्रीएको समाज परिवर्तन गर्नका लागि चलचित्रले जनचेतना फैलाउने विश्वास लिएको निर्माता तिखात्तरीले जानकारी दिनुभयो ।

NASA EK LAT POSTER copy

तपाईको प्रतिक्रिया

Loading…