नयाँ बर्षलाई स्वागत गर्न मन्त्र ब्याण्ड र श्रेया राई लक्ष्मीमार्ग आउने

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा स्थापित डाँगीहाट युथ क्लबको आयोजनामा नयाँ बर्षलाई स्वागत गर्दै “न्यु ईअर ईभ २०७६” भब्य कन्र्सट आयोजना हुने भएको छ । आगामी चैत ३० गते शनिबार बेलुका ६ बजेदेखि लक्ष्मी मावि खेलमैदानमा सो कन्सर्ट आयोजना गर्न लागिएको हो । कन्सर्टमा चर्चित मन्त्र ब्याण्डका साथमा भ्वाईस अफ नेपालकी प्रतियोगी समेत रहेकी पछिल्लो समयकी चर्चित रक गायिका श्रेया राई र स्थानीय ब्याण्ड र कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

कार्यक्रममा बुद्ध एअर प्रा.लि र टुबोर्ग बियर प्रायोजकका रुपमा रहनेछन । कार्यक्रमका लागी ६ लाख बढी खर्च हुने आयोजक क्लबका अध्यक्ष बिक्रम बान्तावा राईले जानकारी दिएका छन । उनका अनुसार बिभिन्न क्लब,संघसंस्था लगायत दाताहरुबाट समेत रकम संकलन गरिने छ । सोही क्लबको आयोजनामा लक्ष्मीमार्गमा २ पटक सम्म अन्तराष्ट्रिय बुद्ध एअर डाँगीहाट लक्ष्मीमार्ग गोल्डकप समेत आयोजना भईसकेको छ ।

कन्सर्टलाई भब्य रुपमा सञ्चालन गर्नका लागी तयारी समेत थालिएको क्लबका सचिब ज्ञानुराज राईले बताएका छन । सो कन्सर्ट यस क्षेत्रको पहिचान सँग समेत जोडिएको उनले बताए । क्लबले अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु समेत आयोजना गरिसकेका कारण पनि यो कन्सर्ट क्लबको प्रतिष्ठा सँग जोडिएको उनले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया