धरान बगरकोट, सुँगुरको सेकुवा र तरुनीको बार्गेनिङ !

धरान । धरानको बगरकोटको रात्रिजीवन काठमाण्डौको ठमेल भन्दा कम छैन भन्ने धेरैपटक सुनिएको थियो । केहीबर्ष अघि काठमाण्डौ बाट यहि हल्ला सुनेर आएका एकजना साथीलाई मध्यरातमा बगरकोटमा आफुसँग भएको सबै नगद र जिन्सी सकिएपछि नाँगै उठाएर ल्याई खर्चको जोहो गरी काठमाण्डौ पठाईएको याद आईरहन्थ्यो । त्यसयता बगरकोट पुग्न आफैलाई जोखिम लाग्दथ्यो त्यसैले गईएको थिएन ।

खोलाको बगरमा चिसो हावा सँगै खुल्ला आकाशमुनि र होटल रेष्टुरेन्ट भित्र सुँगुरको सेकुवा र अन्य परिकारको स्वाद बगरकोटको पुरानो चिनारी नै हो । तर हिजोआज बगरकोटको परिचय फेरिएको छ, नयाँ नयाँ होटल र रेष्टुरेन्ट खुलेका छन भन्ने खबर साथीभाई बाटै प्रवाह भईरहन्थ्यो । संयोगवश शुक्रबार बेलुका ७ बजे करिब ५ बर्षपछि फेरियो बगरकोट पुगियो । शुरुको बगरकोट भन्दा धेरै कुरा भिन्न लाग्दैथिए । यसो सोचेँ साच्चै बगरकोट धेरै परिबर्तन भएछ ।

साथीहरु सँग एउटा टेबुल रिर्जब गरेर बसियो । केही धरानका र केही ईटहरीका साथीहरु सोही ठाँउमा केही ज्ञात थिए त केही अज्ञात । टेबुलमा मेनु आयो,अर्डर पनि भयो । केहीक्षणमा खाली टेबुलहरु बिस्तारै भरिन थाले । १२–१५ बर्षका उमेरदेखि ६० कटेकाहरुको समेत उल्लेख्य सहभागिता देखिन्थ्यो । बिस्तारै माहोल गर्माउँदै गयो ।

एकातिर साँगितिक धुन थियो भने अर्कोतर्फ संगितमा झुमिनेको लर्को, कुनातिरको टेबुलमा ३ जना युवतीहरु थिए । उमेर त्यस्तै १५ देखि २० शुरुमा चाउमिन मगाए, त्यसपछि हुक्का हुँदै,वाईन सम्म, चाहेर पनि आँखै अगाडीको दृश्य नहेरी सुख थिएन । पुर्बतर्फको टेबलमा २ जोडी थिए । उनीहरुको पनि उमेर उस्तै चुरोट र हुक्काको धुँवा सँगै रक्सीको नशामा उनीहरुको एकअर्काको आलिंगनमा बाँधिए । ती दृश्यहरु नचाहेर पनि हेर्नु पर्ने बाध्यता थियो । अलि वरपरका कुरा नगरौँ ।

कुनापटिको टेबुलमा बस्ने युवतीले मतिर हेरेर आँखा सन्काईन । सबै आफनै धुनमा थिए । कोही कसैलाई कसैको मतलव थिएन । मानौँ । जसलाई जे गर्न पनि छुट हुने त्यो मात्र एउटा बैधानिक अडडा हो । उठौँ या वसौँ दोधारमा थिएँ । त्यहि बखत ती युवतीले एउटा ग्राहक पाईन । उनैको हात समाएर उनी त्याँहाबाट ओझेल परिन ।

त्यसै पनि धरान फेशनको शहर हो । बगरकोट पछिल्लो समय खाने र पिउने सँगै यौन साथी खोज्ने एउटा गनतब्य बनेको रहेछ । भित्रबाहिर कहिँ कतै प्रहरी देखिएनन् । त्यसको मतलब बगरकोट सबैभन्दा शान्त र सुरक्षित अखडा हो । सबैलाई नदोषौँ तर केही रेष्टुरेन्टहरु खुलेआम रुपमा याैनधन्दालाई पश्रय दिईरहेका छन ।

टेबुलहरु भरिदै गए,ग्राहकको खोजीमा रहेका युवतीहरुले ग्राहक भेटदै गए,आफैमा जोडी बनेर आएका बिद्यार्थी देखि गृहणी सम्मको हर्कत हेरिसाध्य थिएन । लगभग रातिको ९ बजेतिर २ घण्टाअघि सम्म सुनसान रेष्टुरेन्ट भरियो । सिंगल आएकाहरु सबै जोडी बनिसकेपछि माहोल थप गर्मायो । ठमेललाई बिर्साउँदै बगरकोट आजकाल रातभर जागा रहँदोरहेछ । पोखरामा ईन्जोय जोनको कुरा उठाईरहँदा धरानको बगरकोट त बर्षौअघि ईन्जोय जोनका रुपमा स्थापित भईसकेछ ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…