धरान गुञ्जियो सहि हो सहि हो ले (तस्विरहरू सहित)

धरान/ निक्कै लामो समय पछि शनिबार धरानमा आयोजना भएको कन्सर्टमा धराने दर्शकहरुलाई अहिलेका दुइ चर्चित सांगीतिक हस्तीहरु भीटेन र मेलिना राईले भरपुर मनोरंजन दिए । करिब ८ हजार भन्दा बढी दर्शकहरुले भरिएको धरानको पब्लिक स्कुलको मैदानमा आयोजित सात्विक मनोरंजन धमाकाको सुरुवात स्थानीय गरिमा डान्स सेन्टरको नृत्य बाट सुरुवात भएको थियो भने स्थानीय डेनी थुलुङ्ग लिम्बु र सुनयना श्रेष्ठको सांगीतिक प्रस्तुति पछि करिब आठ बजे स्टेजमा आएकी अहिलेको निक्कै नै चर्चित गायिका मेलिना राईले तिमीले बाटो फेर्यो अरे ,असारे महिना , चरी जस्तै ,मछिले खाने खोलिको लेउ ,कम्मर माथि पटुकी ,कसरि , गोजीमा दाम , दार्ही फुल्यो बैंशमा र कुटुमा लगायतका आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेकी थिईन । मेलिनाका सबै गीतहरुमा दर्शकहरुले संगसंगै गाएर – नाचेर साथ् दिएका थिए ।

त्यस्तै सात्विक मनोरंजन धमाकाको मुख्य प्रस्तुति रहेको भीटेनको नामले अहिले निक्कै लोकप्रिय रहेका र्यापर समिर घिसिङ्गको स्टेजमा आगमनले बेग्लै माहोल बनेको थियो ।
कोहि साथि प्रहरी बने कोहि साथी गुन्डा मचै आफ्नै धुनमा ,यता पनि चुरोट, उतापानी चुरोट , र्यापको बाटो , हालखबर , म मान्छे खत्तम , लाहुरेको रेलिमाई , सिमसिमे पानी -जिस्कने बानी -सहिहो सहिहो लगायतको आफ्नो गीतहरु प्रस्तुत गरेका थिए । तेस्रो पल्ट धरान आएका भीटेनले आफ्नो अत्यधिक क्रेज देखेर भने -मलाई धरानमा बोलाएपछि आइहाल्नु मन लाग्छ तपाईं हरुको यहि माया सम्झेर ।बिसेशत भीटेनको कलिला फ्यानहरु आफ्ना आमा-बाबा संगै कन्सर्टमा आएको देख्न सकिन्थ्यो ।भीटेनको प्रत्येक गीतको सब्दहरु भीटेन संगै केटा-केटि तथा युवा -युवती दर्शकहरुले गाएर साथ् दिएका थिए ।

धरानको सात्विक फुड्स प्रालिको मुख्य प्रायोजनमा सिल्भर इन्टरटेनमेन्टले आयोजना गरेको सात्विक मनोरंजन धमाकाको बिचमा सात्विक फुड्सको प्रबन्ध निर्देशक सुनिल अग्रवाल , नेशनल सेल्स म्यानेजर बिनोद श्रेष्ठ लगायतका कम्पनीका अन्य बोर्ड निर्देशकहरुले सात्विक फुड्सको सात्विक हेल्दी तथा सात्विक लाभ्लिन कुकिजको हजारौ दर्शकहरु बीच सार्वजनिक गरेका थिए ।कार्यक्रम संचालन इक्सा मादेनले गरेका थिए ।

३५ भन्दा बढी गाउँ – सहरहरुमा पुगिसकेको धरानको सात्विक फुड्सका कुकिज हरु चाडै देशभर उपलब्ध गराउने र त्यसको प्रवद्धनको लागि यस्तै मनोरंजन धमाका गर्दै जाने नेसनल सेल्स म्यानेजर बिनोद श्रेष्ठले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

Loading…