धरानमा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालको अडिशन

काठमाडौं / ‘मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९’ को लागि पूर्वको प्रतियोगी खोज्न आयोजक ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आगामी शनिबार धरान स्थित हान्कुक सारंग कोरियन रेस्टुरेन्टमा अडिसन राखेको छ । यो वर्ष देखि अडिसनको लागि देशव्यापी रुपमा किङ्गफिसर मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल जाने योजना अनुरुप पोखरा . धरान र बुटवलमा साउन १८ गते शनिबार , चितवनमा साउन २५ गते शनिबार र काठमाडौँ मा साउन २७ गते सोमबार अडिसन राखिएको ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका अध्यक्ष अनुप सक्सेनाले बताउनुभयो । सबै ठाउँको अडिसन पछि साउन ३० बाट प्रशिक्षण सुरु गरिनेछ ।

धरान अडिसनको लागि प्रमुख जजको रुपमा चर्चित संचारकर्मी तथा नायक सुरजसिंह ठकुरी आउनेछन् । अडिसनमा भाग लिन ५.४ इन्च उचाई र प्लस २ उतिर्ण हुनुपर्नेछ । किङ्गफिसर मुख्य–प्रयोजकका रुपमा रहने र एस्पाएर करियर कन्सल्टेन्सी शैक्षिक साझेदार तथा आइईसी स्कुल अफ आर्ट एण्ड फेसन आधिकारिक ड्रेस डिजाइनरका रुपमा रहने कार्यक्रमको नेपालमा मिस एसिया प्यासिफिक इन्टरनेशनल दोस्रो पटक आयोजना भइरहेका छ ।

प्रतियोगीहरु मध्य अन्तिम चरणमा पुगेका सहभागीहरुलाई काठमाडौं ल्याई सम्बन्धित क्षेत्रका दक्ष एवं विशेषज्ञहरुद्वारा दुई हप्ताको प्रशिक्षण दिई फाइनलमा सहभागी गराइने छ । मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपाल २०१९ मा विजेता हुनेले सेप्टेम्बर २५ देखि १० अक्टोवर सम्म फिलिपिन्सको मनिलामा सञ्चालन हुने ५१ औं मिस एसिया प्यासिफिक इन्टरनेशनल २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् भने २ लाख बराबरको पुरस्कार संगै रु २५ हजार नगद पुरस्कार समेत पाउनेछन् ।

त्यस्तै फर्स्ट रनरअपले १ लाख २५ हजार बराबरको पुरस्कार संगै रु १५ हजार नगद पुरस्कार र मिस टुरिजम क्विन इन्टरनेशनल २०१९ आयोजना हुने राष्ट्रमा सहभागीता जनाउन पाउने छन् । त्यसैगरी सेकेन्ड रनर अपले १ लाख १० हजार बराबरको पुरस्कार संगै दक्षिण कोरियामा आयोजना हुने मिस ग्लोबल ब्युटी क्वीन २०१९ मा नेपालका तर्फबाट सहभागीता जनाउन पाउनेछन् ।

तपाईको प्रतिक्रिया

Loading…