धरानमा ‘पुरानो बुलेट’को च्यारिटी

धरान / सञ्चारकर्मी भीषण राईद्वारा निर्देशित नेपाली फिल्म ‘पुरानो बुलेट’को च्यारिटी गरिने भएको छ । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययन गरेका ०५५ सालका ब्याचले च्यारिटी गर्न लागेको संयोजक विजय अछामीले जानकारी दिए ।

धरानस्थित गोर्खा सिनेप्लेक्समा आगामी १८ गते शनिबार बिहान ९ बजेको शो गरिने संयोजक अछामीले जनाए । निर्देशक राईसमेत सोही ब्याचका विद्यार्थी भएकाले पुराना साथीहरूको जमघटसँगै अपाङ्गता भएका सहपाठीको सहयोगार्थ च्यारिटी गर्न लागेको संयोजक अछामीको भनाइ छ । फिल्म पुरानो बुलेट यस अघि अल–नेपाल प्रदर्शनमा आइसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…