धरानमा काली काली हिस्सी परेकी

धरान / गितार बजाउदै पब्लिक स्कुलको मैदानमा शनिबार साँझ आयोजित टुबोर्ग मेगा लाइभ कन्सर्टको स्टेजमा चढेपछि गायक दिपक बज्राचार्य आफ्नो प्रसंसकहरुको भिडको आवाजले प्रफ्फुलित मुद्रामा काली काली हिस्सी परेकी गाउदै स्टेजमा झुल्किए ।

डेढ दशकको अन्तरालमा धरानको स्टेजमा देखा परेका गायक दिपक बज्राचार्यलाई सुन्न हजारौको भिड जम्मा भएको थियो । ५ बजे सुरु हुने भने पनि ७ बजे देखि मात्र दर्शकहरुको भिड बढन थालेको कार्यकर्ममा गायक दिपकले यहा त ८ बजे देखि मात्र कन्सर्ट सुरु हुन्छ भन्ने सुनेको थिए सांचै हो रैछ भन्दै आफ्ना गीतहरु गाउन सुरु गरे ।

उनले काली काली हिस्सी परेकी ,ओ अमिरा,मायाको डोरीले,जाउ फर्केर जाउ , म कुनै ऋतु हैन , सानी र अहिले निक्कै चर्चा मा आएको गीत मनमगन लगायत एक दर्जन बढी गीत हरु प्रस्तुत गरेर दर्शकहरुलाई मन्त्र मुग्ध पारे । उनको प्रस्तुतिमा उनका गीतहरु संगै बिसेषत गितार ,बाँसुरी को सम्मिस्रण तथा लाखे र धामीको आकर्षक नृत्यले पनि नौलोपनको स्वाद दर्शक हरुले पाएको देखिन्थ्यो । उनका हरेक गीतहरुमा आएको वान्स मोर को हुटिंगले उनि रात भर पनि गाउन पछि नपर्ने मड देखिन्थ्यो ।

कार्यक्रममा नेवा देय दबुको तर्फबाट नेवारी मौलिक संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो भने नेवा देय दबुले नेवारी संस्कृतिलाई आफ्नो संगीत मार्फत अन्त्ररास्ट्रीय स्तरमा पुर्याएकोमा गायक दिपक बज्राचार्यलाई सम्मान गरेको थियो भने धरानका चर्चित गायक डिल्ली फोम्बोले बिम्क्स ब्याण्डको साथमा म माया लाउदीन , माइली , चिट्टिक ,रातकी रानी लगायतका आफ्ना चर्चित गीतहरुगाएर दर्शकहरुको ताली पाएका थिए । त्यस्तै कथा काठमाडौँ को प्रचारमा आएका र्यापर बुलेट फ्लो को प्रस्तुति पनि रोचक नै रहयो ।

कार्यकर्म को संन्चालन इक्सा मादेन र सुरेश राइले गरेका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा टुबोर्ग मेगा लाइभ कन्सर्ट को दोस्रो संस्करण आयोजना भएको हो । गत बर्ष गायक एड्रीन प्रधान र धराने गायकहरुको प्रस्तुतिमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ आयोजना भएको थियो । यो बर्ष भने धरानमा शनिबार र पथरीमा माउन्ट एभरेस्ट स्पोर्ट्स एंड इभेन्टको सहकार्यमा शुक्रबारनै मेगा लाइभ कन्सर्ट आयोजना भएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया