धरानको २ ओटै हलमा दर्शक निरास, २ रुपैयाँ भनेर झुक्किए

भदौ २३, ईटहरी / बहु प्रतिक्षित चलचित्र “२ रुपैयाँ” आज बाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । गीत संगीतका कारणमा चर्चा पाएको २ रुपैयाँ पुर्वको धरानमा भने पहिलो शो लाग्न सकेन । धरानमा संचालित २ ओटै “गणेश टाकिज” र “शिव सिनेमा” हलमा फिल्म नचले पछि २ रुपिया हेर्न आएका दर्शक निराश बनेका छन ।

तर गणेश हलमा भने दर्शक झुक्किएका छन । हलमा २ रुपैयाँ र ए मेरो हजुर-२ को पोस्टर झुण्डिएको थियो । दर्शकले २ रुपैयाँको टिकट भनेर काट्न थाले तर टिकट पर्यो “ए मेरो हजुर-२” को । हल संचालकले जानकारी नगराएका कारण दर्शक झुक्किएका हुन । फिल्म नचल्नुको पछाडी २ ओटै हलमा एउटै समस्या परेछ ।

हामिले किन फिल्म चलेन ? भनेर प्रश्न गर्दा “फिल्मको सिडि ढिलो आएको कारण अहिले पनि फिल्म लोड भैइरहेको छ, त्यसैले २ रुपैयाँ चल्न सकेन” हल संचालक यसो भन्छन । अब २ रुपैयाँ फिल्म ३ बजेको शो बाट मात्र संचालन हुने बताएका छन ।

तपाईको प्रतिक्रिया

Loading...