धरानको कलेजहरुमा मिस नेपाल, आज गोर्खा डिपार्टमेन्ट स्टोरमा अडिशन

धरान / नेपालकै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२० को लागि प्रतिस्प्रधीहरु खोज्न तथा सौन्दर्य प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले देशब्यापी रुपमा आयोजक हिडेन ट्रेजरले आयोजना गरेको कलेज एक्टिभेशन कार्यक्रम अन्तर्गत धरानको विभिन्न कलेजहरुमा कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार धरानको गोर्खा डिपार्टमेन्टको हलमा प्रेसमिट आयोजना गर्दै धरानबाट प्रतियोगी खोज्न आएको मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेतले सोमबार धरानको धरान सिटी कलेज, केन्द्रिय प्रविधि क्याम्पस (हातिसार), युएन नवोदय बिबिएस र बिबिएम कलेजहरुमा पुगी मिस नेपालको बारेमा बिधार्थिहरुलाई जानकारी गराएका थिए ।

चैत्र ४ गते मंगलबार बिहान ११ ः ३० बाट धरानको गोर्खा डिपार्टमेन्ट स्टोरमा आयोजना हुने मिस नेपाल २०२० को अडिसनमा आउनु आह्वान गर्दै उनीहरुले अडिसनमा बस्दा पनि धेरै कुरा सिकिने बताए । मिस नेपाल भन्ने बित्तिकै पढाई बिगार्ने, बिग्रने भन्ने धारणा रहेको छ त्यो पुरै गलत रहेको र यसमा भागलिनेले मात्र पनि धेरै कुरा सिक्न पाउनेछन् ।

अडिसनमा भाग लिन प्लस २ पास, ५.४ इन्च उंचाई र १८ बर्ष पुगेको हुनेपर्नेछ । अडिशनमा भाग लिन कुनै शुल्क बुझाउनुपर्दैन । सोमबार साँझ नै मिस नेपाल २०१७ निकिता चंडक र मिस नेपाल अर्थ २०१९ रिया बस्नेतसंग मिस नेपाल तथा सौन्दर्य प्रतियोगितामा इच्छुक २० जना प्रतियोगीहरु संग उत्प्रेरणा कार्यक्रम समेत आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…