धरानकी मेघाकाे माेडलिङ माेह (फाेटाे फिचर सहित)

इटहरी । मिस टुरीजम नेपाल सेसन २ – २०१७ की बिजेता धरान निवासी मेघा रसाइली यतिबेला अध्यनसंगै माेडलिङमा ब्यस्त देखिन्छिन । छाेटाे समयमै अाफ्नै पहिचान बनाउन सफल मेघा धरान लगायत पूर्वाञ्झलकाे बिभिन्न सहरहरूमा अायाेजना हुने प्रतियाेगिताहरूमा सर्वाेत्कृस्ट नतिजा ल्यान अब्बल किशाेरीकाे रूपमा चिनिन्छिन । अामा उर्मिला रसाइली र बाबा चन्द्र कुमाररसाइलीकाे सन्तान मध्ये प्यारी छाेरीकाे रपमा बिस २०५४ साल अशाेज १२ गते धरानमै जन्मिएकी मेघा उमेरले २० बर्ष पुगेकी छिन ।

 

बिद्यालय जिवनीदेखीनै पढाइमा ट्यालेन्ट खुबी भएकी मेघा अाज भाेली सामाजिक काममा पनि ब्यस्त देखिन्छिन । सामान्य परिवारमा जन्मिएकी मेघा एकाएक अहिले सेलिब्रेटी बनिसकेकी छिन । बिस २०७० सालमा धरानकै सत्य शिशु निकेतन इंगलिस बाेडिर्ङ स्कुलबाट एसएलसी दिएकी मेघाले परिक्षामा पनि सर्वाेत्कृस्ट नतिजा ल्याउन सफल भएकी थिइन । हाल उनी ब्याचलर फस्ट इयरमा अध्यन्नरत छिन ।

नयाँ नयाँ ठाउ घुम्न जाने , नृत्यहरू गर्ने र सामाजिक कामहरूमा पनि रूचि राख्ने मेघा अाजभाेली माेडलिङमा ब्यस्त देखिन्छिन । उनले इटहरीकाे अाेसियन पार्कमा मात्रै १ दर्जन बढी हट फाेटाे सुट गरिसकेकी छिन । अहिले मिस टुरीजम नेपालकी बिजेता घाेषित भएसंगै पूर्वकाे पर्यटकिय स्थलहरूलार्इ कसरी ब्यवस्थित बनाउने भन्ने बिषयमा चासाे राख्दै नयाँ कामकाे थालनीमा जुटेकी छिन ।

तस्विर – सुर्वणशमसेर बिष्ट ||  ड्रेसअप – पहिरन बुटिक, इटहरी  || मेकअप – जेनिशा पराजुली

लाेकेसन – गाेकर्ण रिसाेर्ट, सुन्दरहरैचा || व्यवस्थापन – कृष्ण श्रेष्ठ / सुरेश दाहाल

 

 

 

तपाईको प्रतिक्रिया

Loading...