‘द रियल टक ’ लिएर आउदै सञ्चार उद्यमि समीर कार्की

इटहरी / सुनसरीको इटहरीबाट नियमित प्रशारण हुँदै आइरहेको एरिना टेलिभिजनले एक पृथक कार्यक्रम ‘द रियल टक शो’ छिट्टै प्रशारणमा ल्याउने भएको छ । टेलिभिजनको दुनिँयामा यथार्थ र खास कुरालाई आम दर्शकमाझ ल्याउने उद्देश्यले कार्यक्रम ‘द रियल टक शो’ प्रशारणमा ल्याउन लागिएको कार्यक्रम प्रस्तोता तथा टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले बताएका छन् ।

विभिन्न क्षेत्रमा आवद्ध भएका विशिष्ट व्यक्तित्वहरूको सङ्घर्षदेखि सफलताका कुरालाई कार्यक्रममा प्रस्तुत गरिने कार्कीको भनाइ छ । हप्ताको एक पटक प्रशारण हुने यस कार्यक्रममा हरेक प्रकारका प्रसङ्गलाई उठान गरिने छ । विभिन्न टक शोहरु प्रशारणमा आइरहेको भएता पनि ‘द रियल टक शो’ ले दर्शकलाई हरेक प्रकारको खुराक दिने कुरामा कार्की आश्वस्त छन् ।

टक शोको नाममा अनावश्यक कुरा गरी अन्य कार्यक्रम जस्तो पट्यार लाग्दो नबनाई सटिक र सारगर्भित प्रसङ्गलाई मात्र प्रश्नोत्तरका माध्यमबाट कार्यक्रमलाई अगाडि बढाइने उनले बताएका छन् । वि.सं २०६८ सालदेखि हालसम्म प्रशारित एरिना टेलिभिजनले मनोरञ्जनात्मक कार्यक्रमदेखि लिएर समाचारमुलक कार्यक्रमलाई प्रशारण गर्दै आइरहेको छ । आगामी दिनमा पनि विविध कार्यक्रमका साथै दर्शकको रोजाई अनुसारका कार्यक्रमहरु ल्याउदै अगाडी बढ्ने कार्यक्रमका परिकल्पनाकार÷प्रस्तोता तथा प्रबन्ध निर्देशक समीर कार्कीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…