दुर्गेश थापाले ल्याए ‘बिच बिचमा-३ बेसारे’ (भिडियो सहित)

इटहरी/ गित सार्बजनिक गरेपछि पछिल्लो समय प्राय विवादमा आउने गायकमा पर्छन दुर्गेश थापा । गत वर्षमा सर्वाधिक हिट भएको तिज गीत ‘बीच बिचमा’ सार्बजनिक गरे, त्यसपस्चात हौसिएर सार्बजनिक गरेको तिहार गीतमा भने उनलाई ठुलै आपत पर्यो भने जेल सम्म पुगे । जुन विवाद यस वर्षका गीतमा पनि दोहोरिरहेको छ । केहि समय अघि ‘द मास्कर’ गीत सार्बजनिक गरे, सो गीत पनि अश्लिल शब्द र केहि आपत्तिजनक दृश्यका कारण विवादमा आयो ।

यता तीजलाई लक्षित गर्दै ‘बिचा बिचमा-२’ सार्बजनिक गरे, सो गीत पनि शब्द चोरीको आरोप लाग्यो । हालै उनले सोहि बीच बिचमाको तेश्रो भाग सार्बजनिक गरेका छन् । दुर्गेश थापाले ‘बिच्च बिच्चमा ३ बेसार’ नाममा सो गीतको भिडियो सहित सार्बजनिक गरेका हुन् । ‘बिच्च बिच्चमा २’ आएको केही सातामै दुर्गेशले ‘बिच्च बिच्चमा ३ बेसार’ दर्शकमाझ ल्याएका हुन् । गीत तिजको भएपनि ब्याण्डलाई मात्र भिडियो भरि देखाईएको छ भने सोहि टिम केटि बनेर सारी चोली सहित पनि देखिएका छन् !

बसन्त थापाको संगीत तथा शब्द रहेको ‘बिच्च बिच्चमा ३ बेसार’ मा विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न जटिल परिस्थिति, देशको राजनीतिक अस्थिरता, अपराधिक हिंसाका घटना, छिमेकी मुलक इमान एंव सिमाना र समाजमा विद्यामान जातिय विभेद र बलात्कारका दुःखद घटना लगायत समसामयिक विषयलाई समावेश गरिएको छ । बिच्च बिच्चमाको तेश्रो श्रृंखलासम्म दुर्गेश थापाको स्वर सुन्न सकिन्छ ।

‘बिच्च बिच्चमा ३ बेसार’ को भिडियोलाई काजिश श्रेष्ठले निर्देशन तथा नृत्य निर्देशन गरेका हुन् । भिडियोमा दुर्गेश सहित जिवी चिरन (चिरन जिबी सापकोटा), काजिस श्रेष्ठ, जीवन शाही क्षेत्री, लोमश शर्मा, सन्तोष बानियाँ र प्रेम खड्का फिचर्ड छन् । दुर्गेश थापाले ‘बिच्च बिच्चमा’को पाँचौं श्रृंखलासम्म दर्शक आउने जानकारी दिए । ‘अबको एक बर्षमा बिच्च बिच्चमाको दुई भाग आउँछ, दुर्गेश भन्छन् ।

तपाईको प्रतिक्रिया

Loading…