दुनियाँका सबैभन्दा महंगा १० सुन्दरी (फोटो फिचर)

expensive_actressविश्वका धनीहरुको मात्र चर्चा गर्ने विजिनेस म्यागजिन फोर्ब्सले दुनियाँका सबैभन्दा महंगा अभिनेत्रीहरुको सूची सार्वजनिक गरेको छ ।

हेर्नुस् को को परे उक्त सूचीमाः

sandra_bullockसाण्ड्रा बुलकः ५१ मिलियन डलर – साण्ड्रा बुलक अहिलेकी बलिउडकी सबैभन्दा महंगी अभिनेत्रीमा दरिएकी छिन् । ५० वर्षकी साण्ड्रा अस्कर जित्ने चलचित्र ग्रयाभिटीबाट चम्केकी हुन् ।

jennifer-aniston-जेनिफर लरेन्सः ३४ मिलियन डलर – २३ वर्षीया यी सुन्दरी कम उमेरमै दुनियाँमा चर्चित बनेकी अभिनेत्री हुन् । जेनिफर द हंगर गेम्स नामक सेरिज र एक्स मेन डेज नामक चलचित्रबाट चम्केकी हुन् । यीनको नाम सर्वाधिक कमाइ गर्ने अभिनेत्रीको सूचीमा दोश्रो स्थानमा छ ।

jennifer-aniston-जेनिफर एनिस्टनः ३१ मिलियन डलर – फ्रेण्ड्स सीरिजबाट चर्चित बनेकी एनिस्‍टन ४५ वर्षकी हुँदा पनि आफ्नो जादु कायम गर्न सफल छिन् । वि आर द मिलर्स र होरिवल बोसेस जस्ता चलचित्रबाट चम्केकी उनी कमाउने अभिनेत्रीको चौथो स्थानमा छिन् ।

gwyneth-paltrowग्वेनिथ पाल्ट्रोः १९ मिलियन डलर– ४१ वर्षकी ग्वेनीथका लागि गएको वर्ष फलिफाप सावित भयो । पति क्रिस मार्टिनबाट अलग भएकी उनी आयरन म्यान-३ र म्याक्‍स फ्याक्‍टरसँग डिल गरेर धेरै कमाउने चौथो नम्बरकी महिला बनेकी छिन् ।

angelina_jolieएंजेलीना जोलीः १८ मिलियन डलर– ३९ वर्षकी सुन्दरी जोली अझै पनि धेरै कमाउने अभिनेत्रीमै गनिन्छिन् । यी अभिनेत्री अहिले ५ नम्बरमा पर्छिन् धेरै कमाउनेमा ।

cameron-diaz_क्यामरून डियाजः १८ मिलियन डलर – क्यामरून डियाज यो वर्ष द अदर वूमनमा देखिएकी थिइन् । उनी अहिले सबैभन्दा कमाउनेमा छैठौं स्थानमा छिन् ।

scarlett-johanssonस्कार्लेट जोहान्सन्ः १७ मिलियन डलर –  यो वर्ष जोहान्सनका तीन निक्कै चलेका चलचित्र बजारमा आए । एभेन्जर सीरीज का ‘कैप्टन अमेरिका: द विंटर सोल्जर’ र ‘शेफ’ और ‘लुसी’ थिए । उनी सबैभन्दा बढी कमाउने अभिनेत्रीको ७ औं स्थानमा छिन् ।

amy-adamsएमी एडम्सः १३ मिलियन डलर – यी सुन्दरी अमेरिकी अभिनेत्रीका पनि यो वर्ष ३ वटा चलेका चलचित्र बजारमा आए । ‘म्यान अफ स्टील’, ‘हर’ र ‘अमेरिकन हसल’ । यिनको कमाइ ८ शीर्ष स्थानमा छ ।

natalie-portmanनताली पोर्टम्यानः १३ मिलियन डलर – नताली पोर्टम्यान सुन्दरता र अभिनयको प्रतिरुप नै हुन् । सन् २०१३ मा सिक्वेलले निक्कै चर्चामा रहेकी यीनको कमाइ ९ औं स्थानमा छ ।

kristen-stewarक्रिस्टीन स्टीवर्टः १२ मिलियन डलर –टप टेन सूचीको अन्तिम स्थानमा छिन् ‘ट्व‍ालाइट सागा’ की सुन्दरी क्रिस्टीन स्टीवर्ट । ‘क्याम्प एक्स-रे’ र ‘क्लाउड्स फ सिल्स मारिया’ बाट उनको कमाइ आकासिएको थियो ।

तपाईको प्रतिक्रिया