दिलिपले ‘डबल माया’ ल्याउने

सुन्दरहरैंचा / पछिल्लो पुस्ताका युवायुवतीलाई लक्षित गरी निर्माण गरीएको वेब सिरिज डबल माया जनवरी १ बाट प्रशारण गरीने भएको छ । म्युजिक हाइलाइटको युट्युब च्यानलबाट सार्बजनिक गरिएको डबल माया ट्रेलरले राम्रो प्रतिकृया पाएको छ । एक्सन मिडिया अन्र्तगत रहेर म्युजिक हाइलाइटको प्रस्तुतीमा निर्माण हुने सिरीज सिरिजको केहि दिन अघि फष्र्ट लुक्स समेत सार्वजनिक भएको थियो ।

डबल मायामा थिएटर कलाकार सहित अहिले म्युजिक भिडियोमा ब्यस्त कलाकारहरुको अभिनय देख्न पाइने भएको छ । शेरबहादुर थापा मगरको लगानी रहेको डबल मायाको कथा, पटकथा तथा निर्देशन दिलिप समनले गर्ने भएका छन् । यस अघि नै बिभिन्न म्युजिक भिडियोमा सफल निर्देशकका रुपमा छाइसकेका निर्देशक समनले पहिलो पटक वेभ सिरीज निर्दशन गर्न लागेका हुन् । उनले हालसम्म २ सय भन्दा बढि भिडियोको निर्देशन गरीसकेका छन् । अहिलेको पुस्तामा हुने प्रेम र त्यसभित्रको अन्तरकथा वेभ सिरीज डबल मायामा रहने निर्देशक दिलिपले बताए ।

बिशेष गरी युवा केन्द्रित सिरीज बनाउने सोचका साथ डबल मायालाई निर्माण गरीएको निर्माता शेरबहादुर थापा मगरले बताए । डबल मायामा नरेन भट्टराई, सिर्जना जि.सी., कौशल नेपाल, अभिलासा शर्मा, जीवनजङ्ग थापा, आयुष घले मगर, गुराँस राई, रीजन कार्की र निक्सोन लोहनी लगायतको अभिनय रहने छ ।

तपाईको प्रतिक्रिया

Loading…