दिपक र रोहितले ‘छ माया छपक्कै’ निर्माण गर्ने, कलाकारमा दिपक र माग्ने फाईनल : नायिका को ?

ईटहरी/ आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा फिल्म ‘छ माया छपक्कै’ निर्माण हुने भएको छ । यसपटक पनि दिपक दिपाले ‘छ’ लाई छोडेनन । कारण यी २ को लागि वा आमा सरस्वती मुभिजको लागि सुरुदेखि नै ‘छ’ लक्की साबित भएको छ । तर यो पटक भने दिपक दिपा निर्माताको रुपमा रहने छैनन् ।

यो फिल्ममा रोहित अधिकारीको मात्र एकल लगानी रहने छ । लगानी रोहितको मात्र भएपनि फिल्मबाट नाफाको ५०% भने दिपक दिपाको टिमलाई जाने सम्झौता भएको छ । फिल्मलाई बैशाख बाट छायांकन गरिने छ भने दशैमा यसको रिलिज मिति तय गरिएको छ । चलचित्र बिकास बोर्डमा यो नाम ‘छ माया छपक्कै’ दर्ता भए संगै आज दिपक दिपा लगायत यो फिल्म युनिटले एकसाथ सामाजिक संजालबाट नाम सार्बजनिक गरेका हुन् ।

फिल्मका लागि एक मात्र नायिकाको आवस्यकता रहने छ । जसको लागि केही चलेका नायिकाहरु संग कुरा भएपनि फाईनल भने भैसकेको छैन ।तर फिल्मका लागि दिपक राज गिरि र केदार घिमिरे मात्र हालसम्म कलाकारको रुपमा फाईनल भएका छन् । ‘छ माया छपक्कै’को कथा कमेडी धारमा तयार भएको छ । फिल्मलाई यसपटक दीपा श्री ले नभै दिपेन्द्र लामाले निर्देशन गर्दै छन भने हरि हुमागाईले फिल्मलाई छायांकन गर्ने पक्का गरिएको छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…