दिपक र मुनाको दशैँ तिहार

चाडपर्व नजिक आइरहदा नेपाली कला क्षेत्रमा साधानारत सष्टाहरुको साँगितिक सौगात बजारमा आउने क्रम जारी रहेको छ सोही क्रममा गायक दिपक थापा मगर र मुना थापा मगरको सुमधुर आवाजमा “दशैँ तिहार आउदा ” बोलको नयाँ गितको भिडियो बजारमा आएको छ । चाडबाड नजिकै गर्दा कस्लाई आफ्नो मान्छेहरु प्रदेशमै या जागिर मै बसोबास भन्ने हुन्छ र ? नजिकिदै गरेको दशै र तिहारलाई सम्झिदै सम्पुर्ण नेपालिहरु को समस्या र पीडा लाई सम्झिदै घर फर्कन नपाउदा परिवार र परदेशको भुमिमा कर्म गरिरहदा उत्पन्न हुने निराशालाई मार्मिक रुपमा समेटिएको छ ।

जागिरमा रहेको पियारा लाई रुदै भावुक बन्दै बोलाउदा जागिर बाट छुट्टि पाउदिन प्यारी आउ नभन भनी सम्झाएको गीतलाई सबैको सामु पस्किएको छ । प्रेम संगित म्युजिक प्रा लि को प्रस्तुतिमा रहेको यो भिडियोको छायांकन सागर गौतम तथा सम्पादन अबिनास डिसी ले गरेका छन ।धेरै म्युजिक भिडियो हरुमा अभिनय तथा निर्देशन गरिसकेका काजिस श्रेष्ठको निर्देशनमा रमाथपलिया , करिष्मा ढकाल, र अरुण रसायलीको अभिनय रहेको छ ।

भिडियो

तपाईको प्रतिक्रिया