‘दाल भात तरकारी’को दोस्रो गीत रिलिज, हरिवंश र निरुता यसरी नाचे (भिडियोसहित)

काठमाडौं / आउँदो १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दालभात तरकारी’को दोस्रो गीत सार्वजनिक भएको छ । सो फिल्मको टाइटल गीत शुक्रबार युटुबमा सार्वजनिक भएको हो ।

गीतमा हरिवंश आचार्य शब्द, शम्भुजीत बाँस्कोटाको संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ । उक्त गीतमा गायक राजेशपायल राई र स्मिता दाहालको स्वर रहेको छ । उक्त गीतमा हरिवंश आचार्य, निरूता सिंह, वर्षा राउत, आंचल शर्मा, पुष्प खड्का, राजाराम पौडेल फिचर्ड छन् ।

किरण केसीको प्रस्तुती तथा मह संचारको ब्यानरमा निर्माण भएको सो फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गरेका हुन् । उनको डेब्यू निर्देशनमा बनेको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, बसुन्धारा भुषाललगायतको कलाकारहरुको पनि मुख्य अभिनय रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…