दशैकाे अवसरमा इटहरीमा नेपाल आइस प्रादेशिक संगीत यात्रा हुने

इटहरी / धरान र सात वटै प्रदेशको मुख्य सहरमा सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी अनुरुप प्रदेश न . १ को मुख्य सहर इटहरीमा दशैंको अवसर पारि आउँदो असोज ११ गते शनिबार नेपाल आइस प्रादेशिक संगीत यात्रा – इटहरी आयोजना हुने भएको छ । गएको चैत्र ९ गते प्रदेश न .५ को बुटवलबाट नेपाल आइस प्रादेशिक संगीत यात्राको सफल सुरुवात भएको थियो।

इटहरीको जनता माबीको मैदानमा हुने कार्यक्रम संगीत यात्राको दोस्रो कार्यक्रम हो । नेपाली संगीत क्षेत्रका नया पुराना प्रतिभाहरुलाई सम्मिलित गराई आयोजना गरिने बिसुद्ध सांगीतिक कार्यक्रमको प्रदेश न .१ को इटहरीमा हुने कार्यक्रममा अहिलेको निक्कै नै चर्चित गायिका मेलिना राई बिसेष आकर्षणको रुपमा रहेकी छिन् ।कुटुमा कुटु , पिरतीको मिठो तिर्शना , कम्मर माथि पटुकी , तिमीले बाटो फेर्यो अरे , शिरैमा शिरबन्दी लगायतका असंख्य सुपरहीट गीतकी गायिका मेलिना राई कन्सर्टमा पहिलो पल्ट इटहरीमा आउदैछिन्।

त्यस्तै युट्युबमा निकै नै सक्रिय र मनपराइएको गायक छेवांग लामा पनि इटहरीमा पहिलो पल्ट आफ्नो प्रस्तुति दिन आउंदैछन् ।उनको इशाराले बोलाउनु पर्दैन बोलको कभर गीतले करोड भ्युज पाएको छ भने लाहुरे , सररर लहै माया , तिम्रो मनमा , सम्झना तिम्रो , लभ संग बोलको आफ्नै गीत र कुसुमेरुमाल लगायतको कभरले लाखौ भ्युज पाएको छ ।अब भने आफ्नै गीतलाइ बढी प्राथमिकता दिदै नया नया गीत संगीत स्रोतामाझ निकाल्दै जाने बताउने गायक छेवांग लामा अहिले युवा पुस्ता माझ निक्कै लोकप्रिय छन् ।
सम्झनाले , खबर जस्ता हिटगीतका गायक एपी शेर्पा संगै प्रदेश न .१ स्तरिय स्टेट वान सिङगिंग आइडल का टप १३ फाइनालिस्टको समेत नेपालआईस प्रादेशिक संगीत यात्रामा आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन ।

सात्विक कुकिज र वाइवाइ चाउचाउको सहभागीतामा तथा नेपाल आइस बियरको मुख्य प्रयोजनमा सिल्भर इन्टरटेनमेन्टले कार्यक्रम आयोजन गर्दैछ । टिकट दर रु .२०० राखिएको संगीत यात्राको टिकट एउटा नेपालआइसको खरिदमा तथा रु .२०० बराबरको सात्विक कुकिजको खरिदमा सित्तैमा दीईने व्यस्था गरिएको छ। प्रदेश न .१ पछि प्रदेश न .२ को मुख्य सहर जनकपुरमा आगामी छैठ पर्वको अवसरमा नेपालआईस प्रादेशिक संगीत यात्रा आयोजना हुने र लगतै अन्य प्रदेशको मुख्य सहरहरुमा पनि कार्यक्रम आयोजना गरिने आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…