दशैंतिहारले व्यस्त खम्बु

गायक तथा संगीतकार विनोद खम्बु दशैंतिहार जस्ता चाडपर्वमा हरेक वर्ष सांगीतिक कार्यक्रममा व्यस्त हुने गर्छन् । यसपटकपनि उनको व्यस्तता बढेको छ । दशैंको अवसरमा खम्बुले पूर्वका इलाम, झापा र धनुषामा आयोजीत सांगीतिक कार्यक्रममा गाए ।

इलामको गजुरमुखी युवा क्लबले आयोजना गरेको पूर्वाञ्चल राईजिङ स्टारको फाइनलको अवसरमा आयोजीत कार्यक्रममा निर्णायक समेत रहेका खम्बुले आफ्ना गीतहरु झझल्को आईरहन्छ र बसमा छैन यो मन गाए । त्यस्तै झापाको खर्बन्दिमा आयोजीत सांगीतिक कार्यक्रममा उनले झन्झन् खायो झन्झन् मिठो, बुटवलकी हौ कि तिमी, माझी दाईले जालै हान्यो लगायतका आधादर्जन गीत प्रस्तुत गरेका खम्बुले धनुषाको गोदारमा आयोजीत ‘चौथो गोदार महोत्सव’मा पनि आफ्नो प्रस्तुति दिए ।

दशैं सांगीतिक कार्यक्रम गरेर काठमाडौं फर्किएका खम्बु तिहारको अवसरमा मोरङको बाहुनीमा कार्तिक १ गते गाउने तयारीमा छन् । उनि भन्छन् ‘चाडपर्वका बेला भएर अहिले विभिन्न ठाउँका कार्यक्रमहरुबाट अफर आएका छन् । यो बेला रेकर्डिङमा पनि व्यस्त छु ।’

 

तपाईको प्रतिक्रिया

Loading...