तीजमा मेलिना राईको स्वामीराजा

हिन्दु नारीहरुको महान चाँड तीज नजिकिएसंगै पूर्वका बिभिन्न स्थानहरुमा स्थानीय तथा राष्ट्रिय स्तरका गायिकाहरुले स्वर दिएको तीज गीतहरुको म्यूजिक भिडियो निर्माण हुने क्रमले तिब्रता पाईरहेको छ । कतिपयले त दुई महिनाअघि नै तीज गीत रेकर्ड गराई म्यूजिक भिडियो बनाएर यूटुब र टेलिभिजन मार्फत सार्वजनिक गरिसकेका छन् । यहि क्रममा  चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको फरक शन्देश र शैलीको  स्वामीराजा  बोलको तीज गीतको सुक्रबार इटहरीमा छायांकन सकिएको छ ।

अष्टे«लियामा बसेर पनि नेपाली साहित्यकला, गीत संगीतलाई निरन्तर माया गरिरहने राम रुवालीले लेखेको तीज गीतको संगीत भने चर्चित संगीतकार बसन्त सापकोटाले गरेका हुन् । दुई दिन लगाएर आम दर्शकले बर्षौदेखि हेर्दै आएको परम्परागतशैलीका तीज गीतभन्दा फरक शैलीमा छायांकन गरिएको सो गीतको म्यूजिक भिडियो निर्देशक गीतकार पूजा मारियाले बताइन् ।

इटहरीका बिभिन्न स्थानमा छायांकन गरिएको गीतमा आइश्वर लिम्बूले कोरियोग्राफरको भूमिका निर्वाह गरेका छन्  । पछिल्लो समय निकै चर्चा कमाएको र केही अवार्डहरु समेत जिति सकेको इटहरी स्थित नागी डान्स सेन्टरका नृत्य  प्रशिक्षक समेत रहेका लिम्बूले निकै मेहनताका साथ कोरियोग्राफर गरिएकाले गीत फरक हुनेमा विश्वास व्यक्त गरेका छन् । सो गीतमा सहायक कोरियोग्राफरका रुपमा बसन्त बस्नेतल्े काम गरेका छन् ।

स्वामीराजा बोलको तीज गीतमा रिना न्यौपाने र दिनेश कोईरालाले मुख्य भूमिका निर्वाह गरेका छन् । उनिहरुलाई कलाकारहरु सोनी तामाङ, एलिशा राई, रेशा राई, सुमि श्रेष्ठ, कोपिला कार्की,प्रेरणा राई, निशा क्षेत्री, कन्चन तिवारी र सृजना राईले अभिनय गरेका छन् ।  गीतको छायांकन र सम्पादन श्रीकुमार सम्पाङ राईले गर्ने छन्  । मेकअप महेश सिग्देलले गरेका छन् ।

सबैले तीज गीतलाई गहना र महंगा कपडा लगाउनुका साथै दिनहुँ जसो पार्टीमा जाने लगायत समाज र तीज जस्तो महत्वपूर्ण चाँडलाई भड्किलो बनाउने क्रम बढेकाले केही मात्रामा भएपनि सो क्रम रोकियोस भन्ने उद्धेश्यले आफुले गीत तयार पारेको गीतकार राम रुवालीले बताए । उनले भने –“मेरो तीज गीत सुन्न््े र भिडियो हेर्ने श्रोता तथा दर्शकले नयाँ सन्देश पाउनु हुने छ ।”

तपाईको प्रतिक्रिया

Loading...