ढकाल भन्छन् हाम्रो सम्बन्ध कहिल्यै मर्दैन

काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलमले सम्बन्धविच्छेद गरेका छन् । जिल्ला अदालत काठमाडौंमा उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन् ।
ढकाल दम्पतीले सम्बन्धविच्छेदका लागि मंगलबार मात्र अदालतमा निवेदन दर्ता गराएका थिए । दुवै जनाकाे सहमतिमै बुधबार सम्बन्धविच्छेद गरेकाे अदालतका श्रेस्तेदारका आनन्द श्रेष्ठले बताए ।

गायक रामकृष्ण ढकालले भने श्रीमतीसँग सम्बन्धविच्छेद गरेको कुरा अस्वीकार गरेका छन् । जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार आनन्द श्रेष्ठले ढकाल दम्पतीको सम्बन्धविच्छेद भएको बताएका छन् । तर ढकालले भने सम्बन्धविच्छेद नभएको बताएका हुन् । ‘सम्बन्धविच्छेदको हल्ला मात्रै हो, जसले मेरोबारेमा झुटाे समाचार बनाए, उनीहरुविरुद्ध कारबाहीमा जान्छु,’ ढकालले भने ।

याे पनि पढ्नुहाेस्

गायक रामकृष्ण ढकालकाे सम्बन्ध विच्छेद

Loading…

तपाईको प्रतिक्रिया