डेराबासीबाट चर्चामा आएका निशानको नयाँ गीत सार्वजानिक (भिडियाे सहित)

पूर्वेली गायक निशान सिंखडाले नयाँ गीत सार्वजानिक गरेका छन् । यस अघि डेराबासीबाट चर्चामा आएका नव गायक निशानको नयाँ गीतको म्युजिक भिडियो जिएम नेपाल मार्फत युट्युवमा सार्वजनिक गरिएको हाे । ‘खै कसले माया गरेर हो की’ बोलको गीत ल्याएका छन् ।

प्रदीप प्रखर पोखरेलको शब्द रचनामा द भ्वाइस अफ नेपालका विजेता सिडी विजय अधिकारीले संगीत भरेका छन् । म्युजिक भिडियोलाई बसन्त बाम्वुले राईले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई दिनेश राईले खिचेका छन् । भने, बसन्त र तपस्याले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा एक प्रेमिल जोडीको कथा बुनिएको छ । पूर्वका विभिन्न स्थानमा छायांकन गरिएको म्युजिक भिडियोले आँखामा शितलता प्रदान गर्दछ । गायक निशान सिंखडाको यस अघिको डेराबासी सँगै अन्तरुमन्तरु चर्चामा आएको थियो । केहि दिन अघि युट्युवमा सार्वजनिक भएको गीतले आफुलाई सांगितिक क्षेत्रमा नयाँ उचाई दिने गायक निशानले बताए ।

तपाईको प्रतिक्रिया

Loading…