डेब्यु फिल्म प्रेम गीत ३ रिलिज नहुदै अर्को फिल्ममा अनुबन्धित भए मनिष

काठमाण्डौ/ क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलीज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ । प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड फिल्ममा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउतले प्रमूख अभिनय गर्नेछन् । ‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर समेत रहेका राउतको जोडी नायिका भने छनौट नभएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए । यो चलचित्रमा गौतम निर्माता रहनेछन् । आफ्नो ब्राण्डलाई भने प्रस्तुतकर्ताको रुपमा राखिने उनले बताए ।

चलचित्रका निर्देशक, लेखक सहित अन्य टीमको भने जानकारी गराईएको छैन । सामान्यतया निर्देशक तथा लेखकको बारेमा कलाकारहरु भन्दा पहिले जानकारी दिईने गरिने भएता पनि निलुसले बनाउने चलचित्रमा नायकलाई पहिले परिचित गराईएको छ । केहि समयमा नै चलचित्रको शिर्षकसँगै लेखक तथा निर्देशकको परिचय दिने योजना रहेको निर्माता गौतमले बताए । मनिष राउतको एउटा पनि चलचित्र रिलीज नभएतापनि दर्शक सामु चर्चित छन् ।

तपाईको प्रतिक्रिया

Loading…