डि थ्रीकाे अभिनय कार्यशाला सम्पन्न

ईटहरी / ईटहरी  स्थित डि थ्री प्रोडक्सन नेपालले ७ दिने “अभिनय कार्यशाला” इटहरीमा एक कार्यक्रमका बिच सम्पन्न गरेकाे  छ ।  साउन २५ गते बाट ३१ गते सम्म संचालन भएको उक्त अभिनय कार्यशालामा १४ जना सहभागी रहेकाे थियाे । कार्यशालालार्इ सहजिकरण सर्वनाम थिएटर र तत्समा आर्ट्स काठमाण्डौ बाट अभिनय सिकेका साथै निकै थिएटर नाटक गरेका कलाकार राजिन श्री आचार्यले गरेका थिए ।
कार्यशालामा सहभागी कलाकारहरूलार्इ होस्टेल, होस्टेल रिटर्न, सायद र सायद २ जस्ता फिल्म निर्माण गरिसकेका दुर्गिश ब्यानर बाट नरेन लिम्बु तथा श्रिष्टि श्रेष्ठ अभिनित हाल धरानमा छायांकन हुदै गरेको ठुलो पर्दाको चलचित्र “लाउरे” मा अभिनय गर्ने मौका पाईसकेका छन् भने अब सबैले सर्ट मुभी खेल्ने अवसर प्रदान गरिनुका साथै पुर्वाञ्चल गट ट्यालेण्टमा अडिसन फ्री हुने  डि थ्री प्रोडक्सन नेपालका प्रवन्धक सुवस संकल्पले बताए ।

तपाईको प्रतिक्रिया

Loading...