डिजे अपर्णाकाेसाथ झुमे इटहरीका युवायुवती (फाेटाे फिचर सहित)

इटहरी ।  तराईमा बढेको उखरमाउलो गर्मी र सिमसिम पानीको कुनै प्रवाह नगरी पूर्वाञ्चलकै सुन्दर हरित नगरी इटहरी स्थित ओसीयन पार्कमा शुक्रबार साँझ समर फन इन ओसीयन पूल पार्टीमा सयौँले मनोरञ्जन लिएका छन । उक्त पार्टीमा युवा युवती संगै युगल जाेडीहरूकाे बेजाेड उपस्थिती रहेकाे थियाे । कार्यक्रमकाे मुख्य अार्कषण डिजे अपर्णा संगै बिविध सांस्कृतिक कार्यक्रमहरूपनि अायाेजना गरीएकाे थियाे ।

कमै मात्र हुने यस्ता कार्यक्रमहरु मध्येको यो कार्यक्रमले यस क्षेत्रमा रहेको पर्यटकीय सम्भावनाहरु रहेको तथ्यलाई मध्यनजर गर्दै यसको प्रचारात्मक अभियानको रुपमा समेत यो पूल पार्टीको आयोजना गरीएको आयोजकको दाबी छ । कला, सस्कार, साँस्कृति, धार्मिक, ब्याबसायिक र पर्यटकीय क्षेत्रको रुपमा स्थापीत हुने धेरै भन्दा धेरै सम्भावनाहरुलाई प्रचार प्रसार प्रबद्र्धन र बिकास गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा सुनसरीको इटहरी र आसपासका क्षेत्रहरुबाट सयौँ संगीत प्रेमी एवं पूल पार्टी प्रेमीहरुको उपस्थिति रहेको इभेन्ट म्यानेजर कृष्ण श्रेष्ठले बताए ।

इटहरी दिनानुदिन तिब्र गतीमा बिकास भइरहेको एक शहर हो । मुुलुकको पूर्वीय क्षेत्रमा रहेका कला, सस्कार, साँस्कृति, धार्मिक, ब्याबसायीक र पर्यटकीय क्षेत्रको रुपमा स्थापीत हुने धेरै भन्दा धेरै सम्भावनाहरु रहेका छन् । यसै सम्भावनाहरुलाई प्रचार प्रसार प्रबद्र्धन र बिकाश गर्ने उद्देश्यले आयोजित यस कार्य क्रममा सुनसरीको इटहरी र  आसपासका क्षेत्रहरुबाट करीब २५ सय देखी ३ हजार संख्याको हाराहारीमा संगीत प्रेमी एवं पूल पार्टी प्रेमी आम मानिसहरुको उपस्थित रहेकाे आयोजक मध्येका हिन्दुहाङ राईले बताए ।

 

 

तपाईको प्रतिक्रिया