डबिङमा ‘मेरी कुसुम’

नेपाली कथानक चलचित्र ‘मेरी कुसुम’ को हाल डबिङ कार्य सम्पन्न भइरहेको छ । छायांकन पूरा भई प्रदर्शन हुनु अगाडि नै नेपाली चलचित्र ‘मेरी कुसुम’को चर्चा निकै छ रहेको छ । छुट्टै किसिमको कथा बस्तु फरक एक्सनले भरिएको नेपाली चलचित्र ‘मेरी कुसुम’ पोखराका विभिन्न अति नै रमणीय दृश्यसँगै म्यादीको गाउँहरूमा छायांकन गरिएको थियो धेरै जस्तो दृश्यहरू हेलिकप्टर र ड्रोन क्यामराबाट छायाङ्कन गरिएकोले दर्शकहरूले रुचाउनेमा निर्माण पक्ष ढुक्क छ ।

आगामी वैशाखमा रिलिज गर्ने तयारी गरिरहेको निर्माण पक्षले रिलिज पनि देश बाहिरबाटै गरेर नेपाली फिल्मलाई विश्व बजारीकरणमा अब्बल रहेको पुष्टी गर्ने गरी धेरै नेपाली दर्शकहरु रहेको युएईबाट चलचित्र रिलिज गर्ने लगभग पक्कापक्की भएको निर्माण पक्षले जनाएको छ । युएई नेपाल बाहिर हरेक हप्ता हलमै नेपाली फिल्महरू लाग्ने एकमात्र देश भएकोले पनि निर्माण पक्ष त्यता आकर्षित भएको बुझिएको छ ।

मेरी कुसुममा नव नायक मोहन बोगटीले बोल्ड भूमिकामा देखिछन् । चलचित्रका निर्देशक एन आर घिमिरे रहेका छन् भने चलचित्रमा नायिकाद्वय हर्षिका श्रेष्ठ र सुदिप्ता अधिकारीले अभिनय गरेका छन् । प्रोडक्सन डिजाइनर दिलिप पन्त रहेका छन् नृत्य निर्देशन भने कबिराज गहतराज र बाबु थापाले गरेका छन् । क्यामेराम्यान दिब्य सुवेदी छन् भने संगीत टंक बुढाथोकीले भरेका छन् ।
– प्रस्तुति ः सन्तोष राई

तपाईको प्रतिक्रिया

Loading…