ट्रेण्डिङ्गमा ‘आजको साम’ : आफु नाचेको नेपालि भिडियो शेयर गर्दै यस्तो लेखिन् सन्नि लियोनीले (भिडियो सहित)

ईटहरी/ चर्चित भारतीय नायिका सन्नी लियोनीको ठुम्का रहेको नेपाली फिल्म पासवर्डको गीत आजको साम सार्वजनिक भएको छ । आइटम गर्लको रुपमा चर्चा कमाएकी सन्नीसंगै यस गीतको भिडियोमा अभिनेता बिक्की जोशी फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको छ । यो गीतको भिडियोले सार्बजनिकको छोटो समयमै चर्चा बटुल्न सफल भएको छ ।

यो गीतको भिडियो छायांकनअघि देखि नै चर्चा र परिचर्चा भएको थियो । कारण हो पुर्व पोर्न स्टार अर्थात बलिउड चर्चित नायिका सन्नी लियोनीले पहिलो पटक नेपालि यो गीतको भिडियोमा ठुम्का हान्ने चर्चा थियो । ब्यग्र प्रतिक्षामा रहेका नेपालि सिनेप्रेमिहरुलाई यो भिडियो सार्बजनिक भैसकेको छ । सार्बजनिकको छोटो समयमै भिडियोले युट्युबमा लाखौ भ्युज पाए संगै ट्रेण्डिङ्गमा प्रवेश पनि गरेको छ । यता सन्नी लियोनीले आफ्नो फेसबुक पेजमा यो भिडियोको लिंक शेयर गर्दै खुशी समेत ब्यक्त गरेकी छिन । हेर्नुस उनले भिडियो शेयर गर्दै यस्तो लेखेकी छिन ।

यो समाचार तयार पार्दासम्म भिडियोलाई ६ लाख बढि पटक हेरिसकिएको छ भने २ हजार बढि सकारात्मक प्रतिक्रिया भिडियोले पाएको छ । हाल यो भिडियो युट्यूब नेपाल ट्रेण्डिङ्गको १६ औ स्थानमा छ भने अन्य भिडियोलाई बिस्थापित गर्दै ट्रेण्डिङ्गमा अघि बढिरहेको छ । सलमान खान देखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गरिसकेका विष्णुदेभाको कोरियोग्राफी रहेको यो भिडियो ५ करोड बढि लगानीमा तयार भएको हो । भिडियोमा सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् ।

सार्वजनिक गीतमा बिक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत तथा दुर्गा खरेलको स्वर रहेको उक्त गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो । सम्राट बस्नेतको निर्देशन रहेको फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतको मुख्य भूमिका रहेको छ । फिल्म भाद्र २७ गते देखि प्रदर्शनमा आउने छ ।

तपाईको प्रतिक्रिया

Loading…