टेली सिरियल “लभयात्रा” काे दोस्रो भाग सार्बजनिक (भिडियो सहित)

इटहरी / सन्त राईको लेखन तथ निर्देशन रहेको टेली सिरियल “लभयात्रा” काे दोस्रो भाग सार्बजनिक भएको छ । वसन्त राईकाे सम्पादन रेहेकाे उक्त सेरिजमा कलर ग्रेडिङ शिरकुमार साम्पाङले गरेका छन् । नवीन रहपालको संगित, नवीन रहपालको स्वर रहेकाे उक्त सिरिजमा एरेन्ज गजेन बान्तावा राईले गरेका छन भने छायांकन दिनेश राई(सुबिन) काे रहेकाे छ ।जीवन भोगाइ, मिलन बिछोड, हाँसो र आशुको बेदनाहरुकाे सन्दर्भमा लव यात्रा बनेको बताइएको छ ।

वसन्त राई सँगै सरिता राई, धिरेन राई, अनिसा कार्की, अलेक्सा थापा, दिनुका मगर, असोक साम्पाङ राई, उमा चाम्लिङ राई, ग्यानु बस्नेत, लक्ष्मी राई, सरोज मगर, सरु मगर तथा बालकलाकार अनुप राई, एलिया राई लगायतको अभिनय लव यात्रामा रहेकाे निर्देशक राइले बताए ।

तपाईको प्रतिक्रिया

Loading…