टेम्पो चालक बनिन् स्वस्तिमा खड्का, यस्तो छ उनको ‘बुलबुल’ लुक्स (फोटो सहित)

इटहरी/ नेपालि सिने उधोगमा पछिल्लो समय निकै व्यस्त तथा रुचाइएकि नायिका हुन् स्वस्तिमा खड्का । उनि अभिनित पछिल्लो चलचित्र ‘बुलबुल’ को अहिले चर्चा परिचर्चाहरु चल्न सुरु गरेको छ । निकै फरक रुपमा टेम्पो चालक महिलाको भूमिका निर्बाह गर्दै स्वस्तिमाले बुलबुलमा अभिनय गरेकी छिन ।

टेम्पो चालक बन्नलाई स्वस्तिमाले निकै मेहनतका साथ् टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रको कथाबस्तु संग सुहाउदो ड्रेसअपमा नायिका स्वस्तिमालाई झट्ट हेर्दा चिन्न निकै गाह्रो हुन्छ । चलचित्र बुलबुलमा एकजना टेम्पो चालक महिलालाई प्रमुख पात्रको रुपमा लिइएको छ । अन्य टेम्पो चालकले जस्तै टेम्पो चलाउदा प्यासेन्जरले आफूलाइ नचिनेको र केहीले स्वस्तिमा नराम्री रहेछ भनेर खासखुस गरेको सुन्दा रमाइलो लागेको उनी एक अन्तरबार्तामा बताउँछिन् ।

अझ रमाइलो कुरा के छ भने स्वस्तिमाले सुटिंगको समयमा उक्त गेटअपको फोटो निश्चललाई पठाउँदा निश्चलले नचिनेको उनले बताएकी छिन् । स्वस्तिमाले चलचित्रको पात्रको लागि आफूले लुगा मात्र परिवर्तन नगरेर बोलीचालीको भाषा समेत परिवर्तन गरेको बताएकी छिन् ।

Purbeli TV

Purbeli TV

तपाईको प्रतिक्रिया