झरना झरीमा निरञ्जन र निरंजली हराउदा (भिडियाे सहित )

लामो समय पछि संगीत क्षेत्रमा देखापरेका पुराना गायक ज्ञान सुब्बा अहिले एक पछि अर्को आफ्ना गीतहरु म्युजिक भिडियो संगै प्रस्तुत गरिरहेका छन् ।
गएको बर्ष रिलिज उनको गीत हिउदको घाम जस्तै बाट चिनिएका गायकले शुक्रबार मात्र आफ्नो नया गीत झरना झरी- खोला संग -बादलुको हावा संग ल्याएका छन् ।

गायक सुब्बा संगै गायिका कला चेम्जोङ्गको समेत स्वर रहेको मेलोडीयस गीतमा पोषराज दाहालको सब्द र साज सिंहको संगीत रहेको छ । सोनाम पाख्रिनको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको छायांकन र सुशील न्यौपानेको सम्पादन रहेको छ । निरञ्जन प्रधान र निरंजली लामाको अभिनय भिडियोमा रहेको छ ।

गायक सुब्बा को यो बर्ष मात्र रेटियो छाती , कति सम्झे , एउटा अधुरो कथा ,फुल टिप्दा, अन्तिम रेल र आखिर केको लागि गीत तथा म्युजिक भिडियो सार्वजनिक बह्येको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया