जोनी जेन्टलम्यानमा पल र आँचलकाे यस्ताे राेमान्स

पल शाह र अभिनेत्री आँचल शर्माको मुख्य भुमिका रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज भएकाे छ । ट्रेलरमा गीत, सस्बेन्स र एक्सनका दृश्य समेटिएका छन् । नितिन चन्द निर्देशित चलचित्र ३० भदौबाट  नेपालभर सार्वजनिक प्रदर्शनमा आउँदैछ । जोनी जेन्टलम्यानलाई एन्ड्रेउ पौडेल, अजय मल्ल ठकुरी र सन्जु शाहले निर्माण गरेका हुन् । जसमा केशव थापा र सरिता राँचलको नृत्य निर्देशन, रूपेश थापाको छायांकन रहेको छ ।  चलचित्रमा कमेडी, एक्सन र प्रेम मिश्रित चलचित्रमा नेपाल र भारतका रमणिय दृश्य समेटिएका छन् ।

तपाईको प्रतिक्रिया