जिग्री पाडेको ‘सक्किगोनि’ को पहिलो एपिसोड हेर्नुभो ? तत्काल ट्रेन्डिङमा नपर्ने (भिडियो सहित)

ईटहरी/ भद्रगोलबाट बाहिरिएको अर्जुन घिमिरे ‘पाडेँ’ र कुमार कट्टेल ‘जिग्री’ समुहको नयाँ हाँस्य सिरियल ‘सक्किगोनि’ बिहिबारबाट नेपाल टेलिभिजनमार्फत प्रसारण भएको छ । जिग्री पाँडेको नै लेखन निर्देशन रहने यस सिरियलमा अधिकांश पुराना कलाकारहरु नै दोहोरीरिएका छन् । उक्त हास्य सिरियलको डिजिटल राईट्स भने ओएसआर डिजिटलले पाएको छ ।

युट्युबमा सार्बजनिक सक्किगोनीको पहिलो एपिसोडलाई धेरैले मनपराईरहेका छन् । टेलिभिजन प्रसारण पश्चात् युट्युबमा सार्बजनिक भएको एपिसोड १ घन्टा नपुग्दै १ लाख ७० हजारको नजिक भ्युज पुगेको थियो भने यो समाचार तयार गर्दै गर्दा १० घन्टाको अन्तरमा झन्डै ४ लाख ५० हजारको नजिक भ्युज पुगेको देख्न सकिन्छ । हेर्नुस् पहिलो एपिसोड यस्त बनेको छ ।

तर उक्त एपिसोड युट्युब नेपालको ट्रेन्डिङमा भने तत्कालै प्रवेश गर्न नसक्ने अवस्था देखिएको छ । किनभने ६ दिन अघि ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट सार्बजनिक फिल्म “रातो टीका निधारमा”को टाईटल गितको भिडियो यतिबेला ट्रेन्डिङको उत्कृष्ट ५ भित्र छ । सक्किगोनीको एपिसोड पनि यसै च्यानलबाट सार्बजनिक भएको कारण तत्काल ट्रेन्डिङमा प्रबेश गर्न नपाउने अवस्था देखिएको हो ।

एकै च्यानलको २ वा २ भन्दा बढी भिडियोहरु एकसाथ ट्रेन्डिङमा बस्न नपाउने युट्युबको नियम छ । हास्य सिरियल सक्किगोनीमा जिग्री, पाँडेका अलावा सागर लम्साल बले, हरि घिमिरे कक्रोज, रक्षा श्रेष्ठ, दिपक आचार्य काकु, मुन्नी, सिपि पुडासैनी धतुरे, शंकर आचार्य बरिष्टे, कमलमणि नेपाल खुपिका बाउ, गोबिन्द कोइराला जयन्ते, मधुसूदन पाठक सिते बा लगायतका अधिकास भद्रगोलबाट लोकप्रिय भएका पात्रका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…