जिएम राईको ‘माया तिमी . .’ स्क्रिनमा (भिडियोसहित)

काठमाडौं / गायक जिएम राईको पहिलो गीत ‘माया तिमी’ लाई अब स्क्रिनमा पनि हेर्न सकिने भएको छ । केही दिनअघि गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा निराजन प्रधान र रेखा फागो लिम्बुलाई मायालु जोडीको रुपमा देख्न सकिन्छ । गीतको शब्द र संगीत दुवै टिका बम्जनको रहेको छ । दिनेश माङ्गमुले निर्देशन गरेको म्युजिक भिडियो बुढासुब्बा डिजिटल प्रा.लि. ले सार्वजनिक गरेको हो ।

Purbeli TV

तपाईको प्रतिक्रिया