जाई कहिले लाग्दैन, आए बाकी राख्दैन भन्दै गर्जिए कलाकारहरु (भिडियाे)

माेरङ । नेपाल सरकारले लिपुलेख, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरे संगै चलचित्रकर्मी महासंघ प्रदेश न १ का निर्देशक तथा कलाकारहरुले सांकेतिक रुपमा सिमा विवाद सम्बन्धी आफ्नो प्रतिक्रिया स्वरूप राष्ट्रीय गीत सार्वजानिक गरिएकाे छ ।

जाई कहिले लाग्दैन, आए बाकी राख्दैन,
नत कहिले हेपिन्छ, हेप्न पनि जान्दैन,
सिंह जस्तै गर्जेर अघि बढछ नेपाली,
अशिम एकता बनाई अघि बढछ नेपाली

टेक तामाङ को शब्दमा सुमित खडका र प्रवलदिप बिश्वासको स्वर रहेको गितमा भुपेन्द्र रायमाझीको संगित रहेको उक्त गीतमा नक्सा सार्वजनिक भएपछी उत्पन्न भएको विवाद अनि राष्ट्रको लागि आफुहरु ज्यानको बाजि राखेर पनि अघि बढन सक्ने तर हामी शान्ती चाहन्छौ भन्दै संदेश दिन खोजिएकाे छ । लकडाउनको समयमा आ-आफ्नो ठाउमा नै बसेर छाँयाकन गरिएकाे उक्त गित अनलाईन मार्फत निर्देशन गरिएकाे निर्देशक अरुण प्रधानले बताए ।

गायक प्रवलदिप विस्वासकाे सम्पादन रहेको गितमा प्रदेश १ का कलाकार, खेलाडी , साहित्यकार, श्रस्टाहरूलाई सहभागी गराएर गित निर्माण गरिएको छ । यसमा सहभागी कलाकारहरुमा प्रेम सुब्बा, धिरेन्द्र प्रेमर्शी , विक्रम श्री , रबिन्द्र झा, सुबाश थापा, सिताराम पोखरेल, सुरेन्द्र तामांग, कृष्ण सिवाकोटि, प्रदिप दहल, भाईसन वर्देवा, दिनेश कोईराल, डा. बिनोद श्रेष्ठ , विजय सुब्बा, हिमाल दहाल, नविन मेन्याङ्वो, रमेश कटुवाल, अशेष तिमल्सिना , बिष्णु राजबंशि , अंकित राजबँशि , अंगद राजबन्शी,श्रीराम माझि, लव कुमार राजबंशि, जय नारायण राजबंशि लाई देख्न पाईने छ । छयांकन मा किशन राजवन्शी ( बिराटनगर),जगदिश कार्कि ( ईटहरि ), विजय सुब्बा / राजिव दहाल ( धरान ), सागर नेपाल ( बेलायत )डिजाईन – अरविन्द राजबंशि ( स्पार्क एड्भटाइजिङ ) को रहेको छ । भिडियो

तपाईको प्रतिक्रिया

Loading…