जम्यो अनमोल र सुहानाको क्यामेस्ट्री, यस्तो आयो ‘ए मेरो हजुर-३’को टिजर, २४ घण्टा नपुग्दै ट्रेन्डिङमा (टिजर सहित)

ईटहरी/ अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको छ ।टिजरमा अनमोल केसी र नव नायिका सुहाना थापालाई प्रस्तुत गरिएको छ । चलचित्र ‘ए मेरो हजुर ३’ मार्फत झरनाकी छोरी सुहानी थापाले डेब्यू गर्दैछिन् । सार्बजनिक टिजर युट्युबमा अप्लोड गरिएको ९ घन्टा भित्रै ट्रेन्डिङमा आएको छ । टिजरलाई यो समाचार तयार गर्दा सम्म १ लाख ८६ हजार बढी पटक हेरिएको छ भने युट्युब नेपाल ट्रेन्डिङको २९ औ स्थानमा छ । हेर्नुस् टिजर ।

सांगीतिक प्रेमकथामा आधारित ‘ए मेरो हजुर ३’ अनमोल र सुहाना सगै सरोज खनाल, सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झा लगायतको अभिनय रहेको छ । नेपाली नयाँ वर्ष ०७६ को अवसर पारेर चैत २९ गते रिलिज हुने ‘ए मेरो हजुर ३’ लाई झरना थापाले निर्देशन गरेकी हुन् ।यसअघि झरनाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो ।

जुन चलचित्रमा अभिनेता सलिनमान बनियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा थिए । यस चलचित्रलाई सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया