‘जजमेन्टल है क्या’ ले ३ दिनमा कमायो २२ करोड


कंगना रनौट तथा राज कुमार राव स्टारर मनोवैज्ञानिक थ्रिलर ‘जजमेन्टल है क्या’ले वक्सअफिसमा सुखद् सुरूवात गरेको छ ।

रिलिजको दिन शुक्रबार ४.२० करोड भारूको कारोबार गरेको सिनेमाले दोश्रो दिन शनिबार त्यसमा ५० प्रतिशतले बढोत्तरी गर्दै ११.२ करोड भारूको कारोबार गरेको भारतीय वक्सअफिससम्बन्धी समाचारका लागि चर्चित कोईमोई डटकमले जनाएको छ ।

सिनेमाले आइतबार पनि उलेख्य व्यापार गरेको सो साइटले जनाएको छ । उसका अनुसार पहिलो सप्ताहन्त (शुक्रबार, शनिबार र आइतबार) गरेर सिनेमाले कुल २२.०४ करोड भारू कमाएको छ ।

सिनेमाले एकल पर्दामा भने सोचे अनुरूपको व्यापार गर्ने सकेको छैन । सिनेमाले समीक्षक र दर्शकबाट राम्रो रेटिङ र प्रतिक्रिया पाइरहेको ।

सोहि मितिमा रिलिज भएको अर्को सिनेमा ‘अर्जुन पटियाला’ले ३ दिनमा करिब ५ करोड भारू निकटको व्यापार गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…