छोरा अनमोल दर्शक संग मस्त, बुवा भुवन लण्डनमा प्रेमिका जियासँग मस्ती (फोटो सहित)

ईटहरी/ सुपरस्टार अनमोल केसीका बुबा अभिनेता भुवन केसी यति बेला बेलायतको लन्डनमा छन् । लन्डनमा उनि एक्लै हैन प्रेमिका सहित छन । हो भुवन प्रेमिका यानिकी नायिका जिया केसीसंग रोमान्स गर्दै छन । स्वयम् भुवन र जियाको निर्माणमा बनेको ‘क्याप्टेन’ चलचित्रको प्रदर्शनपछि छुट्टी मनाउन भुवन र जिया युरोप घुम्न निस्किएका हुन् ।

उनीहरु युरोपमा रहेको कुराको खुलासा भुवन केसीले नै गैरका हुन् । भुवनले जिया केसीसँग खिचाएका केही तस्बिर फेसबुकमा राखेका छन् । ती तस्बिर हेर्दा दुवै प्रेममा रहेको प्रस्ट हुन्छ । उनीहरुले स्वीकार नगरेपनि भुवन र जिया ‘लिभ इन टुगेदर’ मा बसेको धेरै भइसक्यो । तर, अहिलेसम्म जियासँगको सम्बन्धबारे भुवनले मुख खोलेका छैनन् । तर बेला बेला उनीहरु सार्बजनिक कार्यक्रममा संगसंगै पुग्ने गरेका थिए ।

अहिले भुवन स्वयम्ले यो तस्बिर सार्बजनिक गरेपछि लगभग पुष्टि भएको छ । सदावहार नायक भुवन केसी केहीसमय अघि चलचित्र क्याप्टेन को प्रदर्शनको लागि लण्डन गएका थिए । उनीसँग अनमोल पनि गएका थिए । अनमोल भने आफ्नो चलचित्र ए मेरो हजुर ३ को प्रदर्शनको लागि छिट्टै नेपाल फर्के । भुवन भने आरामसँग लण्डनमा अहिले छुट्टी मनाइरहेका छन् ।

Subscribe PURBELI TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…