छवि र शिल्पाको कुरो मिल्यो, डिभोर्स नगर्ने

काठमान्डाैं / निर्माता छवि ओझा र पत्नी शिल्पा पोखरेलबीचको विवाद मिलेको छ । कानको जाली फुट्ने गरी कुटेको भन्दै नायिका शिल्पाले उजुरी दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा बिहीबार सहमति भएको हो । प्रहरीको रोहबरमा करिब ३ घण्टा छलफल भएपछि दुईबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

प्रहरी कार्यालयबाट निस्कने क्रममा शिल्पाले छविले माफी मागेपछि कुरो मिलेको बताइन्। तर उनी टेकु परिसरबाट निस्कँदा रोइरहेकी थिइन्। शिल्पा भन्दा पछाडि टेकु परिसरबाट निस्किएका निर्माता ओझाले शिल्पासँग २०७३ सालमा विवाह भएको बताउँदै आफूले डिभोर्स नदिने बताए । ‘मैले गल्ती गरेको छु, सरी भने तर मेरो तर्फबाट डिभोर्स हुँदैन’, उनले भने, ‘सामान्य घर झगडाको कुरालाई हामीले मिलायौँ। दुईजनाबीच फेरि झगडा नगर्ने भनेर सहमति भएको छ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…