‘छक्का पन्जा-३’ ले बनायाे नयाँ रेकर्ड, यस्तो छ १७ दिनकाे कमाई

ईटहरी/ घटस्थापनाको दिन रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ ले ‘रेकर्ड ब्रेक’ गरेको छ । रिलिज भएको १७ दिनमा १६ करोड ब्यापार गर्न सफल भएको छ । कलाकार दिपकराज गीरि र निर्देशक दिपाश्री निरौलाले सामाजिक सञ्जाल फेशबुकमा लेख्दै १७ दिनमै रेकर्ड ब्रेक गरेको दावी गरेका छन् ।

‘छक्का पञ्जा–३’ नेपाली चलचित्र बक्स अफिसमा सर्वाधिक ग्रस कलेक्शन गर्ने चलचित्र बनेको छ । यसअगाडि चलचित्र ‘छक्का पन्जा’ले १६ करोड र छक्का पञ्जा–२ ले १४ करोड ग्रस कलेक्शन गरेको थियो । दिपक र दीपाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘छक्का पन्जा’ले १२८ दिनमा प्राप्त गरेको सफलता ‘छक्का पन्जा ३’ले १७ दिनमा नै उक्त उपलब्धी हासिल गरेको छ । वधाई सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई ।’

नेपालमा सवै खर्च कटाएर निर्माताले ३५ प्रतिशत पाउने गरेका छन् । आजसम्मको हिसाबलाई हेर्ने हो भने छक्का पञ्जा–३ का निर्माताले ६ करोड बढी नाफा आर्जन गरिसकेका छन् । दिपाश्री निरौलाको निर्देशन रहेको यस चलचित्रमा दिपाश्री, दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, दिपिका प्रसाई लगायतका कलाकारले अभिनय गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया