‘छक्का पन्जा ३’ को गीतमा दीपा, दिपक, जितु संगै माग्नेको र्याप (भिडियो सहित)

इटहरी/ दिपाश्री निरौला निर्देशित बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ३ नेपालीहरुको महान चाड दशैँको घटस्थापनाको दिनबाट अर्थात असोज २४ गते देखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । नजिकिदो प्रदर्शन मितिलाई मध्यनजर गर्दै छक्का पञ्जा ३ टिमले थप प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन नया गित तथा भिडियो सार्बजनिक गरेको छ ।

‘छक्का पञ्जा ३ घटस्थापनाकै दिन’ बोलको गीतलाई चलचित्र ‘छक्का पञ्जा ३’को केहि समय अगाडी सार्बजनिक गरिएको गीत पहिलो नम्वरमा संगै मिलाइएको छ । उक्त्त गीतमा डेविड शंकरको स्वर रहेको छ भने कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप समेत हानेका छन् । सार्बजनिक प्रोमोसनल गित तथा भिडियोले प्रचारप्रसारमा निकै ठुलो मदत पुग्नेमा निर्माण टिम निर्धक्क देखिन्छन ।

चलचित्र ‘छक्का पञ्जा ३’ मा अभिनेत्री दीपिका प्रसाईं, दीपकराज गिरि, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामांग, संजोग कोइराला, लक्ष्मी गिरी, निर शाह लगायत कलाकारहरुको अभिनय रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया