‘छक्का पञ्जा ३’ को दोश्रो गित सार्बजनिक, दिपिकालाई फकाउदै दिपक (भिडियो सहित)

इटहरी/ बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को दोश्रो गित ‘पछि उमेर ढल्किन्छ’ बोलको गित सार्वजनिक भएको छ । सार्बजनिक गीतको भिडियोलाइ नवलपरासी स्थित शाश्वत धाममा छायांकन गरिएको छ । गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङलाइ फिचर गरिएको छ । सार्बजनिक भिडियोलाई आज ज्योतिषले ठहर्याएको शुभ साइत पारेर य़ुटुबमा सार्बजनिक गरिएको छ ।

नेपाल आइडलका फस्ट रनरअप समेत रहेका निशान भट्टराई र गायिका एन्जिला रेग्मीको सुमधुर स्वरमा रेकर्ड गरिएको गीतलाई चलचित्रका लिड कलाकार दिपक राज गिरि र अर्जुन पोख्रेल मिलेर शब्द रचना गरेका छन् । गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । सार्बजनिक भिडियोमा चर्चित नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने पुरुषोत्तम प्रधानले भिडियोलाई छायांकन गरेका छन् । हेर्नुस भिडियो

यस अघि चलचित्रको पहिलो गित पहिलो नम्बरमा सार्बजनिक गरिएको थियो । उक्त्त गीतको भिडियोले चलचित्र रिलिज अगाबै यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुलेको थियो । यस अघिका दुइ सिरिजमा समाबेश गीतले निकै आक्रामक ब्यापार गरेको थियो । सार्बजनिक गित ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’लाइ पनि दर्शकहरुले राम्रै स्थान दिनेमा निर्देशक दिपाश्री ढुक्क देखिन्छिन ।

धेरै हास्यकलाकारहर अभिनित चलचित्र ‘छक्का पञ्जा ३’ कमेडी जनारको चलचित्र भएपनि कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माताको रुपमा छन् भने दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया