‘छक्का पञ्जा २’ जस्ताे नाम जस्तै काम

अघिल्लो वर्ष निर्माण भएको चलचित्र छक्कापञ्जालाई नेपाली दर्शकले राम्रैसँग साथ दिए । चलचित्रले राम्रो व्यापार गरेपछि फुर्किएका निर्माता दिपकराज गिरीले चित्त बुझ्दो अवार्ड नपाएपछि धेरैवटा चलचित्र अवार्ड बहिष्कार नै गरे । त्यसबेला जहाँ पुगेपनि उनि एउटा भनाई दोहो¥याउँथे, ‘हाम्रो चलचित्र अग्र्यानिक चलचित्र हो । मौलिकता बोकेका चलचित्रलाई जहिलेपनि दर्शकले साथ दिन्छन् ।’

छक्कापञ्जा टिमले यसपटक उहि नाममा छक्कापञ्जा २ निर्माण ग¥यो । बेलाबेला मौलिकताको भाषण दिईरहने दिपकराजलाई छक्कापञ्जा २ ले चाहिं सुरुमै झड्का दियो । मौलिक भनिएको चलचित्रको गीत ‘ए दाजु नसमाउ नाडीमा’ सार्वजनिक हुँदा गीतको रचनाकारमा दिपकले आफ्नो नामपनि राखेका थिए । तर पछि थाहा भयो गीतका सुरुका शब्द र कम्पोज हुबहु चोरी गरिएको रहेछ । अरुका पुराना गीत कपि गर्ने गरेको आरोप लाग्दै आएका आल्मोडा राना उप्रेतीसँगै दिपकपनि यो धन्दामा संलग्न देखिए । सामाजिक सञ्जालमा कान्छा मगर नेपालीको ओरिजिनल गीत चोरी गरेको प्रमाणसहित सार्वजनिक भएपछि दिपकलाई बोल्न कर लाग्यो । उनले अल्मोडाले आफुलाई झुक्याएको भनेर दोष दिंदै सच्चाएको जानकारी त दिए तर आफ्नो गल्ति ढाकाछोप गरे ।

हालै सार्वजनिक भएको दोस्रो गीत ‘झ्याम्म झ्याम्म..’ पनि चलचित्र देवरबावुमा राजेशपायल राईले गाएको ‘बास्ना मिठो कस्तुरीको’सँग ट्युनिङ हुबहु मिलेको पाइएपछि चौतर्फी चोरीको गीत भनेर विरोध भईरहेको छ । राजेशपायलले नै मिडियामा ट्युनिङ हुबहु भएको भन्दै दिपकराजले विचार पु¥याउनु पर्ने थियो भनेका छन् । आफुलाई नेपाली चलचित्र क्षेत्रको बुज्रुक ठान्नेले कम्तिमा पुराना गीतहरुको ख्याल गर्नु पर्दैन र दिपक जी ?

एउटा कुरा त झण्डै छुटेको, मौलिक भनिएको चलचित्रको २ वटा गीत त चोरी चकारी भन्ने प्रमाणित नै भईगयो अहिले बजारमा अर्को चर्चा छ, चलचित्रको पटकथापनि अर्काकै रे नि त । अर्काको पटकथालाई दिपकले आफैं थपथाप पारेर छक्का पञ्जा २ बनाए तर पोष्टरमा पटकथाकारको नाम समेत उल्लेख गरेनन् । कस्तो मिलेको, चलचित्रको नाम जस्तै काम, गीतपनि चोरी, पटकथा पनि । नामै त छक्का पञ्जा २ ।

तपाईको प्रतिक्रिया