‘छक्का पञ्जा २’ को सस्पेन्स खोलेको भन्दै वर्षासँग यसरी रिसाइन् दीपाश्री

काठमाडौँ । नायिका वर्षा राउत पछिल्लो समयकी ब्यस्त अनि चर्चित नायिका हुन् । वर्षाले छक्का पञ्जामा राम्रो अभिनय गरेसँग उनी छक्का पञ्जा २ पनि दोहोरइिन् । तर वर्षाले गरेको कामबाट निर्देशन दीपाश्री भने रिसाइन् । कारण हो वर्षाले आफ्नो गेटअपको तस्बिर सामाजिक संजालबाट लिक गर्नु ।

निर्माण यूनिटले गोप्य राख्ने भनेको उक्त गेटअपलाई वर्षाले बाहिर ल्याएको भन्दै दीपाले गुनासो समेत गरेकी छिन् । जसका कारण निर्देशक दीपाश्री निरौलालाई भने तनाव बढेको छ । दीपा बर्षाको तस्बिर छायांकन सेटबाटै लिक नहोस् भन्ने चाहन्थिन् । तर, स्वयंम नायिका र अन्य कलाकारले फेसबुकमा तस्बिर राखिदिए ।

गतबर्षको सर्बाधिक सफल यो चलचित्रको नामको पछाडि २ थपेर तयार पारिएको ‘छक्का पन्जा २’ पनि दर्शकका लागि प्रतिक्षित चलचित्र बनेको छ ।

 

तपाईको प्रतिक्रिया

Loading…