चेतन सापकोटा र प्रचण्डकी नातिनीकाे ‘मारुनी गीत’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । संगीतकार तथा गायक चेतन सापकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मारुनी गीत’ सार्वजनिक भएको छ । विस्टार नेपाल यूट्यूब च्यानल माफर्त सार्वजानिक गरिएकाे उक्त गितमा संगित तथा स्वर चेतन सापकोटा र स्मिता दाहालकाे रहेकाे छ ।

बिष्णु प्रसाद घिमिरेको शब्द, टेकेन्द्र शाहकाे सम्पादन रहेकाे यस गीतकाे छायांकन राम केसीले गरेका छन् । शिशिर खातीकाे निर्देशन गरेकाे उक्त गीतको म्युजिक भिडियोमा स्वयं चेतन सापकोटा, प्रियंका भण्डारी, कमल श्रेष्ठ, बिष्णु, मेलिना र चितवनका थारु कलाकाहरुले नृत्य गरेका छन् । गीतमा थारू समुदायमा माघी मेलाकाे बेलामा गरिने रमाइलाे पक्षहरूलाइ चित्रण गिरएकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया