चुम्बकै हौ कि एलिशा राई

‘लुट २’ को ‘ठमेल बजार’ की आइटम गर्ल एलिशा राई हिजोआज एक्सन कटमा निकै व्यस्त छिन् । म्युजिक भिडियोमा एलिाशालाई भ्याइनभ्याइ नै छ । भर्खरै मात्र एलिशाले ‘नेपाली तारा २’ का उपविजेता तारा लक्सम लिम्बुले गाएको ‘चुम्बकै हौ कि तिमी त’ बोलको गीतमा मोडलिङ गरेकी छिन् डिपी खनालको शब्द र लक्सम आफ्नै स्वर तथा संगीत रहेको गीतको भिडियोलाई सागर राजले निर्देशन गरेका छन् । जसले सुपरहिट गीत ‘पानी पर्यो’ को भिडियो निर्देशन गरेका थिए । गीतको भिडियो केही दिनमा रिलिज हुने ताराले बताएका छन् । भिडियोलाई अनिल मानन्धरले खिचेका छन् ।
यसअघि पनि केही गीतहरु बजारमा ल्याइसकेका तारा यस गीतबाट भने निकै आशावादी छन् । उनी आफैं पनि भिडियोमा विभिन्न भूमिकामा देखिएका छन् । डान्स इन्डिया डान्स सिजन चारबाट चर्चामा आएका सुनिल क्षेत्री र उनको समुहले भिडियोमा सशक्त नृत्य प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया

Loading…