चित्र र मेलिना गाउँघर छोडेर मुग्लान तर्फ

उर्लाबारी । गायक चित्र राई र मेलिना राईको स्वरमा सजिएको गीत ‘गाँउघरै छोडेर’ को कभर म्यूजिक भिडीयो सार्वजनिक गरिएको छ । गीतकार लिना राई र कैलाश दर्पणको शब्द रहेको गीतमा शंकर थापाको संगीत रहेको छ ।

 

अहिलको चर्चित गायिका मेलिनासँगको पाश्र्व गायनमा गायक चित्र राईको गायकी निक्कै सुहाएको छ । भिडीयाको दुस म्युजिक प्रालिले बजार ब्यवस्थापन गरेको छ । अनामनगरको प्रज्ञा स्टुडियोमा सगुन राईले छायाँङ्कन गरेको हुन् । गायक चित्रको दुई मुटु र सहारा एल्बम बजारमा आईसकेको छ ।

तपाईको प्रतिक्रिया

Loading…