चाइनिज न्युइयर तथा लोसार को उपलक्ष्य मा देश परदेश विशेष कार्यक्रम हुने

मलेसिया। मलेसियाको केलाङ सहर स्थित देश परदेश म्युजिक कम्पनीको आयोजनामा सांगितिक कार्यक्रम हुने भएको छ । चिनिया नयाँ बर्ष तथा बौद्ध धर्मावलम्बी हरु को महान चाड ल्होसार को अबसर पारेर कम्पनीले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको छ । जनवारी २९ मा केलाङको ग्लोकोर्स होटलमा कार्यक्रम हुने आयोजक देश परदेश विशेष कार्यक्रम का अध्यक्ष सन्न्तोस सुनार ले जानकारी दिए । नेपाली लोकदोहोरी क्षेत्रमा एक छत्र राज गरेका लोक गायक राम जि खाड, दोहोरी गायिका तथा मोडल निशा पोख्रेल, पछिल्लो समय मा आम दर्सक माझ चर्चा बटुदै गर्नु भएका आधुनिक गाएक बिनोद खुम्बु लगायतका कलाकारले कार्यक्रममा दर्शक लाइ भब्य मनोरन्जन दिने भएका छन ।

सो कार्यक्रम मा गायक हरु मनिपाल राइ, अमर राइ , रमेश बानिया , गौरब नारायण राइ, हास्यकलाकार सुजन न्यौपाने र्याप गायक चन्द्र सुनार सिन्दु लामा मिनिता राइ मिना बस्नेत कुमार तामाङ निम्बुटी शेर्पा प्रनिता तामाङ स्याम क्षेत्री युगल कुवर देबराज तमाङ हरि बिसि बसन्त गौतम भुवन ओलि बिक्रम चाम्लिङ सारा पौडेल बिरेन्द्र चौधरी जय बिक्रान्त साह बिनिता तमाङ रमेश आशु बिरही लगायत ले समेत आफ्नो प्रस्तुती दिने अर्का आयोजक दिपक संघर्षले जानकारी दिए ।

प्रबास मा रहेका अन्तर निहित कला प्रतिभा भएर पनि ओझेल मा पर्नुभएका कलाकार लाई नेपाली संगीतिक मुल धार सम्म ल्याउन का लागी कार्यक्रम आयोजना गरिएको अर्का आयोजक महेन्द्र योगि ले बताए योगि का अनुसार कार्यक्रम सब्य भन्य हुने अन्दाजा बाजि छ। कार्यक्रमको मिर्मिरे अनलाइन, मोफसल अनलाइन र रेडियो मिर्मिरे अफिसियल मिडिया रहने छन ।

पछिल्लो समय सांगितिक गतिबिधिमा सक्रीय कलाकार लाइ प्लेटफर्म दिदै आएको देश परदेश म्युजिक कम्पनीले नयाँ सर्जक र कलाकार लाइ प्रबर्धन गर्दै आएको र कला प्रतिभा जो ओझेल मा छ्न कला प्रतिभा भएर पनि बाद्यतात्मक स्थिति बाट त्यो पहुँच नभेटेका कलाकार लाई विशेष प्राथमिकता दिइने छ । केलाङ र आस पासका दर्शक लाई देश परदेश म्युजिक कम्पनीले मनोरंजन दिलाउन लागेको हो।

तपाईको प्रतिक्रिया

Loading...