चलचित्र ’रानी’ को टिजर सार्वजनिक (भिडियाे सहित)

काठमाण्डौ / चलचित्र ’रानी’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्युजिकल टिजरमा डेब्यु अनुहारसंगै कथावस्तुलाई प्रस्ट्याउने प्रयत्न गरिएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ । सार्वजनिक टिजरमा गीतका केहि दृश्य र फिल्मको ट्वीस्टलाई समेटिएको छ । फिल्ममा अनुप विक्रम शाही पनि छन् । उनि फिल्ममा एन्टागोनिस्ट छन् ।

त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने नै अनुप देखिएका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । दयाराम दाहाल निर्दे्शित यस फिल्मलाई पुरुषोत्तम प्रधान , सिसन बानिया र मान कृष्ण महर्जनले छायाँकन गरेका हुन् । फिल्ममा विजय घिमिरेको संगीत , अर्जुन जिसीको सम्पादन रहेको छ । बिमल मान गुभाजुको निर्माण रहेको यो फिल्म आउदो कार्तिक २ मा रिलिज हुनेछ ।

तपाईको प्रतिक्रिया