चलचित्र पत्रकार संघको सल्लाहकारमा पत्रकार दाहाल र बाँस्तोला

इटहरी / पुर्व क्षेत्रमा रहेर लामो समयदेखि रंग पत्रकारिता गरिरहेका दुईजना सञ्चारकर्मीहरुलाई चलचित्र पत्रकार संघ प्रदेश १ समितिले सल्लाहकार चयन गरेको छ ।सुनसरीको ईटहरीमा शनिबार बसेको प्रदेश समितिको बैठकले धरानका गोपाल दाहाल र ईटहरीका प्रेम बाँस्तोलालाई सल्लाहकार चयन गरिएको चलचित्र पत्रकार संघ प्रदेश १ का अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी दिए । दुवैजना पत्रकार डेढ दशक भन्दा बढी समयदेखि रंग पत्रकारितामा क्रियाशिल छन ।

बैठकले चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष सन्दिप सापकोटा र चलचित्र पत्रकार संघ पुर्वाञ्चलका संस्थापक अध्यक्ष सन्तोष राईलाई समेत सल्लाहकार चयन गरिएको छ । पुर्वाञ्चलमा पहिलोपटक आयोजना हुन लागेको पुर्वेली म्युजिक अवार्डमा एकजना पत्रकारलाई रंग पत्रकारिता अबार्ड प्रदान गर्ने बिषयमा समेत छलफल भएको अध्यक्ष बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया

Loading…