चलचित्रबाट हराएकी अभिनेत्री रेजिना तीज गीतमा (भिडियो )

कुनै समय नेपाली चलचित्रमा अभिनेत्री रेजिना उप्रेतीको ब्यस्तता कम थिएन् । चिनो, बरदान, अग्नीपथ, कर्णबीर, सन्देश, जय शिव शंकर, धर्मात्मा, शक्ति, राजु राजा राम, राज जस्ता चलचित्रमा अभिनय गरेकी रेजिना अहिले भने गुमनामजस्तै छिन् । ६ वर्षअघि प्रेमी सुरज पोखरेलसंग विवाह गरेकी रेजिना केही वर्ष गृहस्थ जीवनमै रमाईन् । रेजिनाले ढाई वर्षअघि छोरीलाई जन्म दिईन् । त्यसपछि रेजिना छोरीको हेरचाहमा लागिन् ।

छोरी क्रमश हुर्किँदै गएपछि रेजिनालाई पुनः चलचित्रमा कमब्याक गर्ने ईच्छा जागेको छ । तर, चलचित्र क्षेत्रमा उनको क्रेज खस्किसकेको हुनाले कोही निर्माता/निर्देशक उनलाई हिरोइन लिएर जोखिम मोल्न चाहाँदैनन् । त्यसैले होला रेजिनालाई तीज गीतमा देख्न थालिएको छ । रेजिना ‘घरबार गर्ने सोँच’बोलको नयाँ तीज गीतमा देखिएकी हुन् । गीतमा गायक खुमन अधिकारी र गायिका सपना थापाको स्वर, सागर प्रधानको लय/शब्द, बिनोद बाजुरालीको संगीत संयोजन छ ।

यो गीतको भिडियोमा अभिनेत्री रेजिनाले मोडल लोमश शर्मा र रेखा थापासंग अभिनय गरेकी छिन् । भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । राजेश घिमिरेका छायाँकन, विष्णु शर्माको सम्पादन रहेको भिडियोलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो । तीज गीतमा देखिएकी रेजिनाको चलचित्रमा कमब्याक हुने चाह पुरा होला ?

तपाईको प्रतिक्रिया

Loading…